साफ उपविजेता टोलीलाई महानगरपालिकाको सम्मान « Khabarhub

साफ उपविजेता टोलीलाई महानगरपालिकाको सम्मान


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विराटनगरमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ ।

प्रतियोगितालगत्तै सम्मान गर्ने घोषणा गरेको विराटनगर महानगरपालिकाले सोमबार सम्मान गरेको हो ।

विराटनगरमा आयोजित कार्यक्रममा महानगर प्रमुख भीम पराजुलीले खेलाडीलाई सम्मान गरेका हुन् । सम्मानित भएका खेलाडीले जनही ५०–५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । यस्तै प्रदेश नम्बर एक सरकारले भने भोलि सम्मान गर्ने कार्यक्रम रहेको छ ।

साफको फाइनलपछि महानगरले उपविजेता टोलीलाई ५० हजार रुपैयाँले सम्मान गर्ने घोषणा गरेको थियो । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ६ : ०९ बजे

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय