सभामुखसँग चिनियाँ जनकंग्रेसको वातावरण समितिका अध्यक्षको भेट « Khabarhub

सभामुखसँग चिनियाँ जनकंग्रेसको वातावरण समितिका अध्यक्षको भेट


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख कृष्णबहादुर महरासँग चिनियाँ राष्ट्रिय जनकंग्रेसको वातावरण तथा स्रोत साधन संरक्षण समितिका अध्यक्ष जियाओ चेङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सभामुखको कार्यकक्ष सिंहदबारमा आज (सोमबार) दिउँसो अध्यक्ष चेङ नेतृत्वको संसदीय समितिको प्रतिनिधि मण्डलले सभामुखसँग शिष्टाचार भेटवार्ता गरेको हो ।

भेटका अवसरमा सभामुख महराले नेपाल पर्यावरणीय हिसाबले निकै सम्पन्न र सुन्दर मुलुक भएको चर्चा गर्दै नेपालले प्राकृतिक स्रोत साधनको समुचित प्रयोग तथा वातावरण संरक्षण सम्बद्र्धनमा विशेष ध्यान दिएको बताए ।

सभामुख महराले नेपाल भौगोलिक रुपमा सानो भए पनि वनजंगल, हिमाल, पहाड, समथर मैदान, नदीनाला र तालतलैया लगायतका विविध प्राकृतिक सम्पदाले धनी भएको बताए ।

नेपालमा जयवायू परिवर्तनको असर तथा पर्यावरण संरक्षणमा भइरहेका प्रयासहरुका बारेमा चर्चा गर्नुहुँदै सभामुख महराले वातावरण संरक्षणका लागि चीनको अनुभव र प्रयोग नेपालले सिक्न इच्छुक रहेको बताए ।

‘चीनले प्रविधिको क्षेत्रमा प्राप्त गरेको सफलता र वातावरण संरक्षणका सम्बन्धमा चिनियाँ राष्ट्रपति सि चिनफिङको अवधारणाबाट म प्रभावित छु, सभामुख महराले भने, ‘राष्ट्रपति सिले अघि सार्नुभएको ‘निलो आकाश, हरियो चौर र सफा पानी’को नीति निकै महत्वपूर्ण छ र यसबाट हामीले पनि सिक्न सक्छौँ ।’

चीनले वायू प्रदूषण नियन्त्रण, फोहोरमैला व्यवस्थापनजस्ता कार्यमा प्रयोग गरेको प्रविधि नेपाललाई पनि निकै फाइदाजनक हुने भन्दै सभामुख महराले त्यसका लागि चीनले नेपाललाई प्राविधिक सहयोग गर्नेमा आशा व्यक्त गरे ।

नेपाल र चीनबीचको सम्बन्ध कूटनीतिक मात्र नभई जनस्तरसम्म प्रगाढ रहेको चर्चा गर्दै सभामुख महराले आगामी दिनमा आपसी सहयोग र सहकार्य थप घनिष्ट हुनेमा विश्वास व्यक्त गरेका छन् ।

संघीय संसदको तर्फबाट आफूहरुले नेपाल–चीन संसदीय मैत्री समूह गठन गरिसकेको भन्दै सभामुख महराले संसदीय मैत्री समूहले दुई देशको संसदीय तथा राजनीतिक अनुभव आदान प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

सो अवसरमा नेपाल भ्रमण टोलीको नेतृत्व गरेका चिनियाँ राष्ट्रिय जनकंग्रेसको वातावरण तथा स्रोत साधन संरक्षण समितिका अध्यक्ष जियाओ चेङले आफू नेपाल आउन पाउँदा निकै खुसी लागेको बताए ।

नेपाल प्राकृतिक तथा पर्यावरणीय दृष्टिकोणले निकै सुन्दर देशको भएको चर्चा गर्दै चेङले यहाँको प्राकृतिक स्रोत साधन तथा वातावरणको संरक्षणका लागि भएका कार्य, कानूनी व्यवस्था तथा अभ्यास आफूहरुले सिक्न इच्छुक रहेको बताए ।

चीनले अर्थतन्त्र, राजनीति, संस्कृति, समाज र पर्यावरण गरी ५ वटा क्षेत्रलाई मुख्य विषय बनाएर अघि बढिरहेको भन्दै समितिका अध्यक्ष चेङले पर्यावरण संरक्षणमा विशेष महत्व दिइएको बताए ।

चिनियाँ राष्ट्रिय जनकंग्रेसले पनि चीन–नेपाल मैत्री समूह गठन गरिसकेको भन्दै अध्यक्ष चेङले मैत्री समूहले दुई देशबीच सहकार्य र सम्बन्धमा थप निकटता ल्याउने बताए ।

भेटमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदी, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, सचिव भरतराज गौतमलगायतको टोली सहभागी थियो भने चिनियाँ प्रतिनिधि मण्डलको तर्फबाट अध्यक्ष चेङसहित नेपालस्थित चिनियाँ राजदूत हाउ याङ्छी र भ्रमण दलका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ७ : ४८ बजे

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा