स्ट्रेट अफ हर्मुज पानीजहाज प्रकरण : बेलायती प्रधानमन्त्रीद्वारा आकस्मिक कोब्रा बैठक « Khabarhub

स्ट्रेट अफ हर्मुज पानीजहाज प्रकरण : बेलायती प्रधानमन्त्रीद्वारा आकस्मिक कोब्रा बैठक


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायती प्रधानमन्त्री टेरिजा मेले इरानले बेलायती ध्वजावाहक ट्यांकर नियन्त्रणमा लिएको विषयमा प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा आकस्मिक कोब्रा बैठक डाकेकी छिन् ।

गत शुक्रबार इरानले बेलायती ध्वजावाहक स्टेना इन्पेरो नामक तेल बोकेको पानीजहाज कब्जामा लिएपछि प्रधानमन्त्री मेले कोब्रा क्याबिनेटको आकस्मिक बैठक डाकेकी हुन् । उनका प्रवक्ताले इरानको कदम अस्वीकार्य रहेको टिप्पणी गरेका छन् भने बेलायती विदेशमन्त्री जेरेमी हण्टले पनि इरानलाई उक्त पानीजहाज तत्काल रिहा गर्न आह्वान गरेका छन् ।

यसैबीच बेलायतले इरानको सम्पत्ति रोक्का गर्ने विषयमा पनि विचार गरिरहेको समाचार सार्वजनिक भएको छ । बेलायतले इरानको सम्पत्ति रोक्का गरेको खण्डमा उसैपनि अमेरिकी नाकाबन्दीका कारण ओरालो लागिरहेको इरानको अर्थतन्त्र अझ कमजोर हुनसक्ने बताइएको छ ।
त्यसबाहेक इरानले बेलायती ध्वजावाहक पानीजहाज नियन्त्रणमा लिएसँगै उत्पन्न परिस्थितीबारे बेलायत सरकारले संसद्मा इरानविरुद्ध चाल्ने सम्भावित कदमबारे प्रस्ताव गरिने जनाइएको छ ।

हर्मुजको स्टे«ट जलक्षेत्रबाट शुक्रबार इरानले नियन्त्रणमा लिएको उक्त पानीजहाज हाल इरानको बन्दर अब्बास बन्दरगाहमा रहेको बताइएको छ । उक्त पानीजहाजमा रहेका १८ भारतीय कर्मचारीलाई रिहा गर्न भारतले यसअघि नै इरानसमक्ष आह्वान गरिसकेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ८ : ४७ बजे

‘पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ’  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरूले सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि

राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र

राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक

सरकारले कहिले बोलाउँछ बजेट अधिवेशन ?

काठमाडौँ- धमामध अध्यादेश ल्याइरहेको सरकार संसद्को बर्खे अर्थात् बजेट अधिवेशन

हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे पर्यटन मन्त्रालयको विज्ञहरूसँग परामर्श

काठमाडौं– बदलिँदो परिस्थितिमा मुलुकको हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने उपायको खोजी