सिरियामा भएको हवाई आक्रमणमा २३ सर्वसाधारण मारिए « Khabarhub

सिरियामा भएको हवाई आक्रमणमा २३ सर्वसाधारण मारिए


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमास्कस– सिरियाको विद्रोही नियन्त्रित इडलिब प्रान्तमा गराइएको हवाई आक्रमणमा कम्तीमा २३ सर्वसाधारण मारिएका छन् ।

इडलिब प्रान्तको मरात अल नुमान शहरमा गरेको हवाई आक्रमणमा उनीहरु मारिएको सिरियाली गृहयुद्धको अनुगमन गरिरहेको संस्थाले जनाएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् ।

इडलिबमा सक्रिय सिरियाली विद्रोही समूहले उक्त आक्रमणमा रुसी वा सिरियाली वायुसेनाको हात रहेको आरोप लगाएका छन् ।

हवाई आक्रमणका क्रममा विभिन्न भवनमा क्षति पुगेको र ठूलो विनाश निम्त्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिरियाली सेनाले इडलिब प्रान्तमा सैनिक कारवाही गर्न लागेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला पछिल्लो हवाई आक्रमण भएको हो ।

यता रुसले भने इडलिब प्रान्तमा आफ्ना वायुसेनाको कुनै हवाई आक्रमण नगरेको दाबी गरेको छ । रुसको रक्षामन्त्रालयले इडलिब प्रान्तमा कुनै पनि हवाई आक्रमणमा रुसी वायुसेनाको कुनै संलग्नता नरहेको जनाएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ९ : ०८ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित