बुद्ध मूर्तिका लागि बेलायतबाट रु ३० लाख सहयोग « Khabarhub

बुद्ध मूर्तिका लागि बेलायतबाट रु ३० लाख सहयोग


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतमा रहेका नेपालीले स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–६ दरौ–थाप्लेमा निर्माणाधीन बुद्ध मूर्तिका लागि आर्थिक सहयोग गरेका छन् ।

जुनकिरी च्यारिटी ग्रुपका सदस्य पार्वती गुरुङको पहलमा सङ्कलित रु ३० लाख सोमबार पोखरामा आयोजित एक कार्यक्रमका बीच निर्माण समितिलाई प्रदान गरिएको छ ।

दरौ–थाप्ले बुद्ध मूर्ति निर्माण समितिका संयोजक विश्व गुरुङलाई पार्वती गुरुङका तर्फबाट विष्णु गुरुङ र जमुना गुरुङले उक्त रकम हस्तान्तरण गरे । समितिका संयोजक गुरुङले विदेशमा रहेका नेपालीको सहयोगले निर्माणाधीन कार्यमा थप सहयोग भएको भन्दै आभार व्यक्त गरे ।

गुरुङले बुद्धको मूर्तिले दरौ शिरुबारीको धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । दरौ थाप्ले लेक भ्यू टावर एण्ड रिसोर्टका अध्यक्ष एवं निर्माण समितिका सदस्य बलराम गुरुङले स्याङजाको प्रसिद्ध थाप्ले लेकमा निर्माण भइरहेको प्रतिमाले पर्यटनको विकासमा सघाउ पु¥याउने बताए ।

करीब ५५ फिट अग्लो बुद्धको मूर्ति आगामी वैशाख पूर्णिमासम्म निर्माण सम्पन्न हुने र रु एक करोड बढी लागत लाग्ने उनको भनाइ थियो । सोही कार्यक्रमका पोखरा बगालेटोल बस्दै आएका कृष्ण र लक्ष्मी गुरुङले संयुक्त रुपमा रु एक लाख दुई हजारसमेत हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ९ : १० बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग