लेकसाइड २४ सै घण्टा खुला गर्न माग « Khabarhub

लेकसाइड २४ सै घण्टा खुला गर्न माग


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखराको लेकसाइडमा पर्यटकको चाहनालाई ध्यानमा राख्दै २४सै घण्टा खुला गरी सरकारले शान्ति सुरक्षाको प्रत्याभूत गरे व्यवसाय सञ्चालन गर्न सकिने व्यवसायीले बताएका छन् । नेपाल भ्रमण वर्ष सन् २०२० सफल पार्न सरकारले देशका प्रमुख तीन पर्यटकीय गन्तव्य काठमाडौँको ठमेल, चितवनको सौराहा र पोखराको लेकसाइडलाई चौबिसै घण्टा खुल्ला गर्ने गरी तयारी अगाडि बढाएको छ ।

सो विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीले सरोकारपक्षबीच छलफल चलाएको थियो । सरकारले आवश्यक पूर्वाधारको विकास गरी शान्ति सुरक्षाको प्रत्याभूत गराउन सके व्यवसाय सञ्चालन गर्न सकिने पर्यटन व्यवसायीले बताएका छन् । लेकसाइडलाई पर्यटकको एउटा आकर्षक गन्तव्य बनाउन अब विकल्प सोचेर पर्यटनमैत्री वातावरण तयार गर्नुपर्ने व्यवसायीले धारणा राखेका छन् ।

“लेकसाइड ११ बज्न नपाउँदै सुनसान हुन्छ, प्रमुख पर्यटकीय गन्तव्य लेकसाइडमा प्रहरीले सुरक्षा प्रदान गर्न सके खोल्नु उपयुक्त हुन्छ”, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलियाले भने, “होहल्लाको व्यवस्थापन गरेर यहाँका स्थानीय बासिन्दाको जीवनमा असर नपर्ने गरी सुरक्षाको व्यवस्था दिन सके होटल रेष्टुरेण्ट खोल्दा धेरै फाइदा हुन्छ ।”

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले लेकसाइडमा रु पाँच खर्ब बढीको लगानी भएको र अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखराको पर्यटन बजार फराकिलो हुने भएकाले आजदेखि नै गृहकार्य थाल्न जरुरी रहेकामा जोड दिए । सिसिटिभी, सुरक्षा गार्ड, खुला स्थान, आकस्मिक कक्ष, स्टाफलाई डियुटिपछि घर पुर्‍याउने जिम्मा, महिला कर्मचारीको सुरक्षा लगायतका विषयमा व्यवसायी जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।

रेष्टुरेण्ट एण्ड बार एशोसियशनका (रेवान) पोखरा अध्यक्ष भिमसेन भुजेलले अहिले पनि भारतीय पर्यटक आफ्नो साधनमा पोखरा आउँदा राति ११-१२ बज्ने गरेकाले समस्या हुने गरेको बताए । अहिले राति १० बजे नै प्रहरीबाट हुने धरपकडले रेष्टुरेण्टमा खाइरहेका पर्यटकलाई आतङ्कित पार्ने काम हुँदै आएको बताइएको छ ।

नेपाल टुर्र एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकीका अध्यक्ष सन्तोष पोखरेल लेकसाइडमा व्यवसाय गर्नेहरुको मात्रै नभएर आवासीय बासिन्दाको पनि भावना बुझनुपर्ने बताए । महिला पर्यटन व्यवसायी मञ्चका अध्यक्ष जमुना पराजुलीले कसैले जितेको र कसैले हारेको रुपमा लेकसाइडको व्यवसाय अघि बढ्न नसक्ने बताइन् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ९ : ३६ बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स