नेकपा सचिवालय बैठक आज, सांगठनिक एकता टुंग्याइने « Khabarhub

नेकपा सचिवालय बैठक आज, सांगठनिक एकता टुंग्याइने


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक आज (बिहीबार) पनि बस्दैछ । बुधबारको बैठकमा छलफल भएका विषयलाई आजको बैठकले निणार्यक बनाउने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बुधबारको बैठकमा सांगठनिक एकताको बाँकी रहेका कामको बारेमा छलफल भएको बताउँदै प्रवक्त श्रेष्ठले भने-‘हिजोको बैठकमा ६ वटा महानगरपालिकाको अध्यक्ष तथा सचिव, प्रवास कमिटीको समायोजन लगायतका विषयमा छलफल भयो । तर समय अभावका कारण बैठक आज सम्मका लागि स्थगित भएको छ । सकेसम्म हिजोका विषयलाई आज टुंग्याइने छ ।’

माधव नेपालको असहमति बारे छलफल भएन

यसैबीच नेकपा नेता माधवकुमार नेपालले दर्ता गराएको असहमतिपत्रका विषयमा पार्टीमा कुनै छलफल नरहेको नेकपाले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा असहमतिपत्रको बारेमा छलफल हुने बताइएको थियो तर त्यसको चर्चा समेत भएन । ‘नेता नेपालले दर्ता गराउनु भएको असहमति पत्रको बारेमा कुनै छलफल भएन,’ पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी बताए ।

नेता नेपालले विभिन्न समयमा पार्टीको बैठकले गरेका निर्णयप्रति मङ्गलबार बसेको सचिवालयको बैठकमा सात बुँदे असहमतिपत्र दर्ता गराएका छन् । उनले केही निर्णय सच्याउन माग पनि गरेका छन् ।

श्रेष्ठले भने, ‘नोट अफ डिसेन्टको विषयमा छलफल हुँदैन । बैठकबाट भएका निर्णयमा उहाँले नोट अफ डिसेन्ट लेख्नुभएको छ । त्यो छलफलको विषय बन्दैन । छलफल नै गर्ने हो भने त्यो विषयलाई प्रस्तावको रूपमा ल्याउनुपर्छ ।’

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ६ : ५७ बजे

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त, लिए शपथ

काठमाडौँ – नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मन्त्रीको निर्देशनपछि सर्त उल्लङ्घन गर्ने बालाजु क्षेत्रको उद्योगको पानी र बिजुली काटियो

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि बालाजु

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल