सत्तारुढ दलको सिटमा बस्न थाले पूर्व प्रधानमन्त्री डा. भट्टराई « Khabarhub

सत्तारुढ दलको सिटमा बस्न थाले पूर्व प्रधानमन्त्री डा. भट्टराई


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराई प्रतिनिधिसभामा सत्तारुढ दलको सिटमा बस्न थालेका छन् ।

विहीवारको संसद बैठक शुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको जानकारीसहितको पत्र प्राप्त भएको जानकारी गराएका थिए ।

संसदमा राष्ट्रिय दलको मान्यता पाउन नसकेको तत्कालिन नयाँ शक्ति पार्टीका तर्फबाट निर्वाचित भएका डाक्टर भट्टराई प्रतिनिधिसभामा स्वतन्त्र सांसद बस्ने सिटमा बस्दै आएका थिए । तर पार्टी एकतापछि उनी सत्तारुढ दलको सांसदका रुपमा रहेका छन् ।

निर्वाचन आयोगले पार्टी एकताबारे संसदलाई जानकारी नगराएका कारण उनी स्वतन्त्र सांसदका रुपमा संसदमा बस्दै आएका थिए ।

सामान्यत संसदीय व्यवस्थामा सरकारका मन्त्रीहरुको दायाँतिर प्रमुख प्रतिपक्ष दल र बायाँतिर सत्तारुढ दलका सांसदहरु बस्ने परम्परा छ । त्यही परम्पराअनुसार नेता भट्टराई बिहिबारदेखि सत्तारुढ दलका सांसदहरु रहने स्थानमा सरेका हुन् ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ३ : ११ बजे

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी