संसदीय समितिमा मन्त्री र समिति सभापतिबीच विवाद « Khabarhub

संसदीय समितिमा मन्त्री र समिति सभापतिबीच विवाद


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समिति र सम्बन्धित मन्त्रालयबीचको सामान्य बुझाइमा अन्तर हुँदा सरकारले ल्याएका विधेयक प्रभावित हुने गरेका छन् ।

सरकारले मुलुकको औद्योगिक वातावणलाई लगानीमैत्री तथा प्रतिस्पर्धी बनाउने उद्देश्यले ल्याएको औद्योगिक व्यवसायसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा आज प्रतिनिधिसभाको उद्योग तथा वणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समिति सभापति र उद्योगमन्त्रीको बुझाइमा अन्तर हुँदा छलफल नै प्रारम्भ हुन सकेन् ।

बैठकको शुरुआतमा नै उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले आफू अनुपस्थित भएको बेला विधेयकका केही दफा पारित गरिएको भन्दै गुनासो गरेका थिए । लगत्तै समिति सभापति बिमल श्रीवास्तवले त्यसदिनको बैठकमा मन्त्री अनुपस्थित भए पनि मन्त्रालयका सचिवलगायत कर्मचारीलाई बोलाएर छलफल गरिएको बताए ।

झण्डै डेढ घन्टा चलेको बैठकमा एक अर्काबीच गुनासोको दोहोरी चलेपछि कार्यसूचीमाथि छलफल नै हुन सकेन । आजको बैठकमा औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि अन्तिम छलफल गरी पारित गर्ने कार्यसूची राखिएको थियो ।

मन्त्री र सभापतिको गुनासो सुनेका समितिका सदस्य पनि मन्त्री र सभापतिलाई सम्झाउन नै व्यस्त देखिन्थे । बैठकमा समितिका सदस्य देवेन्द्र पौडेलले कुनै पनि विवाद नगरी आसपसी विश्वासका आधारमा अगाडि बढ्नुपर्ने बताए ।
समिति सदस्य बिन्दा पाण्डेले समितिबाट विधेयकले अन्तिम रुप नपाएसम्म जुनसुकै दफामाथि पुनः छलफल गर्न सकिने बाटो खुला रहेको बताइन् ।

विधेयकलाई अन्तिम रुप दिन भन्दै यही भदौ २ गते पनि बैठक राखिएको थियो । उद्योगमन्त्री यादव उपत्यका बाहिर रहेकाले सो दिन बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ४ : ११ बजे

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई