नेकपाका प्रदेश नम्बर दुईका सदस्य जयसवालमाथि कारवाहीको तयारी « Khabarhub

नेकपाका प्रदेश नम्बर दुईका सदस्य जयसवालमाथि कारवाहीको तयारी


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नम्बर २ सदस्य तथा पूर्वसभासद अशोक जयसवाललाई पार्टीले कारवाही गर्ने तयारी गरेको छ ।

जयसवालविरुद्ध पार्टीमा निरन्तर उजुरी परेपछि उनलाई कारवाही गर्न लागिएको हो । पहिलो संविधानसभाको निर्वाचनदेखि पछिल्लो आमनिर्वाचनमा गरेको अन्तरघातका सबै उजुरीहरुमाथि पुन: छानबीन थालिएको नेकपा स्रोतको भनाइ छ ।

पहिलो संविधानसभा निर्वाचनमा जमानत जफत भएर पराजित भएका जयसवाललाई दोस्रो संविधानसभाको समानुपातिक उम्मेदवार बनाइएको थियो ।

त्यतिबेला उनले अन्य दलका उम्मेदवारबाट ठूलो मात्रामा पैसा लिएर प्रभु साहलगायत रौतहटका विभिन्न उम्मेदवारविरुद्ध मत मागेको उजुरी जिल्लाका नेताहरुले पार्टीमा दर्ता गराएका थिए ।

अन्तरघात गरेको भन्दै उजुरी पर्दा पनि उनलाई समानुपातिक सभासद बनाइएको थियो । अनतरघात गर्दा पनि उनलाई सांसद बनाएकै कारण चन्देश्वर बैठालगायत रौतहटका दर्जनौ नेताहरुले पार्टी परित्याग गरेका थिए ।

स्थानीय तहको निर्वाचनताका पैसा लिएर विभिन्न स्थानीय तहमा फोरम, राजपा र नेपाली कांग्रेसका उम्मेदवारलाई भित्री समर्थन गरेको उजुरी नेकपाका नेताहरुकहाँ पुगेको छ ।

जयसवालकै कारण माओवादीको गढ मानिने उनको आफ्नै बौधीमाई नगरपालिकामा मेयर पद गुमाउनुपर्यो । त्यति मात्र नभई उनको आफ्नै वडामा समेत पार्टीले जित्न नसक्दा जिल्लाका नेताहरुले निरन्तर प्रश्न उठाउदै आएका छ ।

२०७४ सालमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उनले अनतरघात गरेको भन्दै रौतहट क्षेत्र नम्बर २ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले लिखित उजुरी नै दर्ता गरेका हुन् । निरन्तर उजुरी परेपछि पार्टी नेतृत्वले कारवाही गर्ने अन्तिम तयारीमा पुगेको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ४ : ५१ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक