तीन वटा वडामा एउटै सचिव | Khabarhub Khabarhub

तीन वटा वडामा एउटै सचिव


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव हुँदा एउटै सचिवले तीन वडामा सेवा दिनुपर्ने बाध्यता छ ।

एउटा वडा सचिवले फरक फरक वडामा गएर सेवा दिँदा आफूलगायत स्थानीयवासीलाई समस्या हुने गरेको वडा नं ३ का वडा सचिव होमप्रसाद रिजालको भनाइ थियो ।

एउटै सचिवले तीन वटा वडामा सेवा दिनु परेका कारण घोडाघोडी नगरपालिकाका वडाहरूको काम अस्तव्यस्त पाइएको छ । वडा सचिवहरूले दिन बिराएर सेवाग्राहीलाई सेवा दिइरहनु परेको छ ।

सेवाग्राहीहरूलाई कुन वडामा कुन बार सचिव आउने जानकारी नहुँदा निकै सास्ती हुने गरेको छ ।

उक्त नगरपालिका–५ का सचिव होमप्रसाद रिजालले वडा नं ३ र ७ नंको पनि काम गरी रहनुभएको छ । त्यस्तै ४ र ९ को जिम्मेवारी हेमकान्त सुवेदी, २ र ६ को जिम्मेवारी विष्णुप्रसाद चौधरीले र वडा नं १० र ११ को जिम्मेवारी धनीराम चौधरीले बहन गरी राखेका छन् ।

नगरपालिकाको वडा नं १, ८ र १२ मा वडा सचिव भए पनि बाँकी वडामा भने २ देखि ३ वडाको जिम्मेवारी एउटै सचिवले लिनुपर्ने बाध्यता रहेको स्वीकार गर्दै अब छिट्टै यो समस्या समाधान गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ४ : ५४ बजे

सवारी दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला निकायलाई मुख्यमन्त्री बानियाँको निर्देशन

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सवारी दुर्घटना न्यूनिकरण र

पक्राउ परे एमाले केन्द्रीय सदस्य महर, म्याद थपका लागि अदालत लगियो

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

एजेन्सी– पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल