‘जाइरा’ ले पूरा गर्ला नम्रताको सपना? « Khabarhub

‘जाइरा’ ले पूरा गर्ला नम्रताको सपना?


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री नम्रता श्रेष्ठ यतिबेला फिल्म ‘जाइरा’ को प्रचारमा खुलेर लागेकी छिन् । यसअघि उनको अभिनय रहेको फिल्म ‘प्रसाद’ प्रदर्शनमा आएको थियो । फिल्मबाट उनले राम्रो तारिफ बटुलिन् । त्यसो त नम्रतालाई दमदार अभिनय गर्ने नायिकाका रुपमा पनि लिने गरिन्छ ।

नम्रतालाई दर्शकले एक कुशल ‘लभर गर्ल’ का रुपमा चिनेका छन् । उनले अभिनय गरेका प्रायः फिल्ममा नम्रतालाई चोखो प्रेम गर्ने युवतीका रुपमा देख्न सकिन्छ । त्यसैले पनि धेरैले नम्रतालाई लभर गर्लका रुपमा बढी देख्न चाहन्छन् ।

तर, नम्रता भने आफूलाई दर्शकले लभर गर्लका रुपमा मात्र नचिनेर सबै विधामा अभिनय गर्न सक्ने नायिकाका रुपमा छाप परोस् भन्ने चाहन्छिन् । आफ्नो फरक भूमिकामा काम गर्ने सपना पूरा गर्नका लागि नै यो फिल्ममा लगानी गरेको बताउने नम्रता ‘जाइरा’ मा एक्सन अवतारमा देखिँदैछिन् ।

टिजर र ट्रेलरमा नम्रताको लूक देखाइएको छ । यही फिल्मका लागि उनले कपाल समेत छोटो बनाएकी थिइन् । उनको कामको तारिफ पनि गरिएको छ ।

तर, उनले बनाएको लभर गर्लको छाप छोड्न यही एउटा फिल्म काफी नहुन पनि सक्छ । किनकि, उनका जति पनि हिट फिल्म छन्, ती प्राय प्रेमकथामा नै आधारित छन् ।

भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ नम्रताका कारण त चर्चामा छ तर यो फिल्मबाट उनले कस्तो प्रतिक्रिया पाउने छिन्, त्यसका लागि भने केही दिन कुर्नुपर्ने छ । फिल्मबाट राम्रो प्रतिक्रिया पाउनेमा उनी भने ढुक्कजस्तै देखिन्छिन् ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ५ : १३ बजे

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत

वाशिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड

राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक

चालक तथा सहचालकको सुरक्षाका लागि कडा कानून बनाउन माग

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटना

नियमित कोटाको रासायनिक मल वितरण सुरु

जनकपुरधाम- कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणअन्तर्गत नियमित कोटाको रासायनिक

शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर  देउवाको स्वदेश फर्किने मिति परिवर्तनदेउवाको