भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फिर्ता « Khabarhub

भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फिर्ता


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकर विहीबार स्वदेश फर्किएका छन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका विदेशमन्त्री जयशंकश आज दिउँसो स्वदेश फर्किएका हुन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरी लगायतले बिदाई गरेका थिए ।

नेपाल भ्रमणमा रहँदा विदेशमन्त्री जयशंकरले नेपाल–भारत आयोगको पाँचौं बैठकलाई सम्बोधन गर्नुका साथै महत्वपूर्ण राजनीतिक भेटवार्ता गरेका थिए ।

नेपाल आए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको पुरीले बुधबार साँझ राजधानीको याक एण्ड यतीमा भएको नेपाल–भारत संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । त्यस्तै, विहीबार विहान पशुपतिनाथ मन्दिरको दर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।

भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हीतका विषयमा छलफल भएको थियो । नेपाल–भारत सम्बन्धलाई मजबुद बनाउन भ्रमण फलदायी भएको उनले बताएका छन् ।

नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा  दुई मुलुकबीच सम्बन्ध प्रगाढ बनाउने विषयमा छलफल भएको थियो । नेपाल–भारतका समग्र विषय समेटिएका ८० बुँदामा माइनुट भएको परराष्ट्र सचिव शंकरदास बैगारगीले जानकारी दिए ।

छलफल राजनीति, सीमा सुरक्षा/सिमांकन, व्यापार /पारवहन, उर्जा/जलस्रोत र शिक्षा, संस्कृति र पर्यटनका साथै दुई पक्षीय सम्बन्ध र चासोका विषयमा केन्द्रित रहेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ६ : ४४ बजे

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन