मन्त्रिपरिषदको बैठक ‘भिडियो कन्फ्रेंसिंग’बाट « Khabarhub

मन्त्रिपरिषदको बैठक ‘भिडियो कन्फ्रेंसिंग’बाट


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारको मन्त्रीपरिषद्को बैठक अब देखि भिडियो कन्फ्रेंसिंगबाट पनि हुने भएको छ ।

मन्त्रिपरिषदको बैठकले गरेका निर्णयबारे विहीबार जानकारी गराउँदै संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदको बैठक भिडियो कन्फ्रेसिंगबाट पनि गर्न सकिने निर्णय भएको बताए ।

मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०६५ लाई संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको समयमा पनि भिडियो कन्फ्रेंसिंग लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषदको बैठक बस्न सक्ने गरी नियमावली संशोधन गरिएको संचार मन्त्री बाँस्कोटाले जानकारी दिए ।

सरकारले गरेको यो निर्णयबाट स्वास्थ्य परीक्षणको शिलशिलामा सिंगापुर गएका प्रधान मन्त्रीले भिडियो कन्फ्रेंसिंगमार्फत बैठकको अध्यक्षता गर्दै निर्णय गर्न सक्नेछन् । यस्तै मन्त्रिपरिषदको बैठकले तराई मधेश द्रुत मार्गको केही स्थानमा बाटो परिवर्तन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ७ : ५४ बजे

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन