अमेरिका र उत्तर कोरियाबीच चाँडै वार्ता हुने विश्वास « Khabarhub

अमेरिका र उत्तर कोरियाबीच चाँडै वार्ता हुने विश्वास


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– उत्तर कोरियाले एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गरेपनि अमेरिका र उत्तर कोरियाबीच चाँडै आणविक निशस्त्रीकरणबारे वार्ता हुने वरिष्ठ दक्षिण कोरियाली अधिकारीले जनाएका छन् ।

दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा उपसल्लाहकार किम ह्युन चोङले दुई मुलुकबीच चाँडै वार्ता हुने र उक्त वार्ता सकारात्मक हुनेमा आफू विश्वस्त रहेको जनाएका छन् ।

उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टिभन बाइगनसँगको भेटका क्रममा उनको यस्तो भनाइ आएको हो । यसै वर्षको फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोईमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको शिखर वार्ता बिना निष्कर्ष टुङ्गिएपछि दुई मुलुकबीच आणविक निशस्त्रीकरणबारेको छलफल अघि बढ्न सकेको छैन ।

त्यसयता गत जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किमसँग दुई कोरियालाई छुट्याउने सीमाक्षेत्रमा भेट गरेका थिए । त्यसयता आणवक निशस्त्रीरकणबारे दुई मुलुकबीच छलफल अघि बढ्ने सङ्केत मिलेको थियो ।

यद्यपि पछिल्लो समय दक्षिण कोरिया तथा अमेरिकाले कोरियाली प्रायद्विपमा संयुक्त सैन्य अभ्यास अघि बढाएको विरोधमा उत्तर कोरियाले एकपछि अर्को गरी छोटो दुरीको क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । केही समयअघिमात्र उत्तर कोरियाले दक्षिण कोरियासँग कुनै पनि हालतमा वार्ता हुन नसक्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ९ : ०५ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ

धनराज गुरुङले पनि उपसभापतिमा उम्मेदवारी दर्ता गराए

काठमाडौँ– नेपाली कांग्रेसका नेता धनराज गुरुङले १५औँ महाधिवेशनमा उपसभापति पदमा

कांग्रेस १५ महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

काठमाडौं– नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार

‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’ 

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः

हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

काठमाडौं- बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको