धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइयो « Khabarhub

धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइयो


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशका गौरा घर र मन्दिरमा विहीबार धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको छ । व्रत बसेका महिलाको समूहले धान, साउँ, कुस, अपामार्गलगायत बोटबिरुवा प्रयोग गरी गौरादेवीको प्रतिमा तयार पारेर धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याएका हुन् ।

घर नजिकको खेतमा गई सामूहिक रुपमा ‘फाग’ गीत गाउँदै यो प्रतिमा तयार पार्ने गरिन्छ । गौरा भित्र्याउने आजको दिनलाई स्थानीय भाषामा ‘ठूली गौरा’ भित्र्याउने दिनको रुपमा लिइन्छ । प्रदेश सरकारले भदौ ६ गते प्रदेशमा गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । गौरा भित्र्याइसकेपछि व्रतालु महिलाले सामूहिक रुपमा गौरी भगवती र महेश्वर(शिव) भगवान्को पूजा अर्चना गर्ने गर्दछन् ।

पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने ‘बिरुडा’ (पाँच थरीका गोडागुडी)को विशेष महत्व छ । ‘बिरुडा’ लाई गौरा र महेश्वरको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ । पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादको रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन छ । बिरुडा खाँदा पेटसम्बन्धी रोग निको हुने जनविश्वास छ । भाद्र पञ्चमी तिथिका दिन धार्मिक अनुष्ठानका साथ प्रत्येक घरमा तामाको भाँडामा बिरुडा भिजाएर राखिन्छ । बिरुडा भिजाएको दिनदेखि नै औपचारिक रुपमा गौरा पर्व शुरु भएको मानिन्छ ।

पूजाको काम सकिएपछि हरेक दिन महिला र पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई चैत, धमारी, देउडा खेलेर रमाइलो गरिन्छ । पौराणिक कालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिको रुपमा पाउन गरिएको व्रतको फलस्वरुप पार्वतीको मनोकांक्षा पूरा भएकोले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किंवदन्ती छ ।

गौरा सर्वशक्तिमान भएको विश्वासमा यो पर्व मनाउन थालिएको भनाइ छ । यो पर्वले एक ठाउँमा भेला हुने अवसर प्रदान गरी आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने तथा इष्टकूल देवता खुशी हुने विश्वास गरिन्छ । अनुकूल तिथिका दिन गौराको प्रतिमा विसर्जन गरिन्छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १० : ३० बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले