यात्रुका व्यथाः बस्नलाई बेन्च छैन, कुरा स्मार्ट प्रतीक्षालयका ? « Khabarhub

यात्रुका व्यथाः बस्नलाई बेन्च छैन, कुरा स्मार्ट प्रतीक्षालयका ?


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दैनिक अपरान्हको समय, रत्नपार्कको शान्ति शान्तिवाटिका सडकमा मानिसहरुको लामो लाइन हुन्छ । बाटोमा हिड्नेहरुले त्यो लाइन देख्दा पुलिसमा केही जागिर खुलेको रैछ कि ? भनेर अनुमान लगाउँछन् । किनकी छेवैमा छ– महानगरीय प्रहरी कार्यालय, रानीपोखरी ।

यहाँ प्रहरी कार्यालय भएकै कारण कतिले त पुलिस रिपोर्ट लगायतका ‘काम’का लागि ‘लाम’ लागेका होलान् भनेर ठम्याउँछन् पनि । तर, लाइनमा लाग्नेहरुको वास्तविकता बेग्लै हुन्छ ।

वास्तवमा उनीहरु  गन्तव्यमा पुग्नका लागि सवारीसाधन कुरिरहेका हुन्छन् । एउटा गाडी आउँदा अट्ने जति चढ्छन्, लाइन केही अघि बढ्छ । बाँकी रहेका यात्रु पुनः अर्को गाडीको प्रतीक्षामा बस्छन् ।

गाडीमा केही यात्रुहरु चढेपछि लाइन अघि बढेजस्तो देखिए पनि पछाडिबाट यात्रु थपिने क्रम रोकिएको हुँदैन । यस्तो लाइन साँझ ७– साढे ७ बजेसम्म नै हुन्छ ।

दिनभरको ‘काम’ (अफिस), काम सकेर घर पुगी ‘आराम’ गर्ने सोच बनाएर ‘लाम’ लागेका उनीहरुको अनुहारमा गलित, थकित र मलिन भाव झल्किन्छ । मनमा आक्रोश पनि हुँदो हो, तर लाइनमै बस्नुपर्ने बाध्यता छ । किनकी बसले क्षमता भन्दा बढी यात्रु बोक्दा पनि सकिंदैनन् त्यहाँका यात्रु ।  बस झण्डै २०–२५ मिनेटको अन्तरालमा मात्र आउँछ । यहाँ लाइनमा बस्ने यात्रु अधिकांशको गन्तव्य हुन्छ– बुढानिलकण्ठसम्म ।

‘बस रोक्ने स्थानमा प्रतीक्षालय छैन, त्यसैले सडकमै लाइन बसेका हाैँ बुढानिलकण्ठका राम आचर्यले भने, ‘सडकमा सवारी साधन कुरेर बस्दा दुर्घटनाको जोखिम उत्तिकै छ, तर यहाँ यस्तै नियम नै बनिसकेको रैछ ।’

यो रुटको गाडी चढ्ने यात्रुहरु त धन्न लाइनमा बसेर ‘सिस्टम’मा चढ्छन्, पालो मिच्दैनन् । तर, काठमाडौंका अन्य क्षेत्रमा गाडी चढ्नका लागि हुने ठेल–मठेलको कुरा गरी साध्य छैन । जो धेरै यात्रुले भोगेका हुन्छन् ।

महिला यात्रुका लागि त झन यात्रा कष्टकर नै बन्छ । यस्तो अवस्थामा चोरहरुले पाकेट मार्ने, मोबाइल, गर–गहना लुट्ने सम्मका घटना नघटेका पनि होइनन् ।

महानगरको मनसाय

काठमाडौं महानगरपालिकाले भने सार्वजनिक यायायात चढ्ने यात्रुलाई लक्षित गर्दै स्मार्ट प्रतीक्षालय ल्याउने अवधारणा अघि सारेको छ । हेर्दा आकर्षक देखिने यस्ता प्रतीक्षालयमा यात्रुको सहजताका लागि विभिन्न सुविधाको समेत व्यवस्था गरिनेछ ।

महानगरपालिकाभित्रका विभिन्न स्थानमा प्रतीक्षालय नहुँदा सर्वसाधरणलाई पर्न गएको असहजतालाई ध्यानमा राख्दै स्मार्ट प्रतीक्षालय ल्याउने योजना बनाएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

उनले भने, ‘स्मार्ट प्रतीक्षालयका लागि छुट्टै टीम गठन गरी सम्भाव्यता अध्ययनको प्रक्रिया अघि बढाइएको छ । यही हप्ताभित्र रिपोर्ट आउँछ । रिपोर्ट आएपछि केही समयमै त्यसको कार्यन्वयनतर्फ लाग्नेछौं ।’

‘शुरुमा कति स्थानमा राख्ने भन्ने कुरा यकिन नभए पनि यात्रुको बढी भीडभाड भएको क्षेत्रमा राख्नेछौं’, उनले भने  ‘स्मार्ट प्रतीक्षालयको जिम्मा कुन कम्पनीलाई दिने भन्ने बारे अहिले नै निर्णय भएको छैन ।’

कस्तो हुनेछ स्मार्ट प्रतीक्षालय ?

स्मार्ट प्रतीक्षालय हेर्दा आकर्षक देखिनेछ भने त्यसमा विभिन्न सेवा सुविधाको व्यवस्था गरिनेछ । आफू पुग्ने गन्तव्यसम्मको बस कति बेला आउँछ ? कहाँ आइपुग्यो  ? भन्ने सूचना समेत त्यसले प्रवाह गरिरहेको हुनेछ । प्रतीक्षालयमा डिसप्लेको पनि व्यवस्था  हुनेछ जसबाट यात्रुले सहजरूपमा यातायातबारे जानकारी लिन सक्नेछन् ।

उक्त डिस्प्लेमा  महानगरका सूचनामुलक कुराहरु डिजिटल प्रविधिबाट प्रवाह भइरहने छन् । साथमै समय हेर्नका लागि घडीको व्यवस्था गरिएको हुनेछ । स्मार्ट प्रतीक्षालय छेउमै फोहोरमैला व्यवस्थापनका लागि स्मार्ट डस्टविनको समेत व्यवस्था गरिने छ ।

यात्राका क्रममा हुने समस्या धेरै भए पनि एकाएक स्मार्ट प्रतीक्षालय चाँडै आउनेमा भने विश्वास छैन यात्रुलाई । उनीहरु भन्छन् ‘बस चढ्ने स्थानमा यात्रु बस्ने उपयुक्त बेन्च त छैनन्, स्मार्ट प्रतीक्षालयको कुरा गरेर आस्वासन देखाउनु बेकार हो ।’

एक त साघुँरो बाटो त्यसमाथि गाडीको अत्याधिक चापका कारण  काठमाडौं उपत्यकामा यातायात व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई समेत हम्मे हम्मे हुने गरेको देखिन्छ । स्मार्ट प्रतीक्षालय बनेमा केही हसज हुन्थ्यो कि ?

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ७ : ५५ बजे

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा