बिना मगरलाई सांसदको प्रश्न– भ्रष्टाचारमा कुरा नमिलेर सचिवको सरुवा भएको हो ? « Khabarhub

बिना मगरलाई सांसदको प्रश्न– भ्रष्टाचारमा कुरा नमिलेर सचिवको सरुवा भएको हो ?


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले खानेपानी सचिव गजेन्द्र ठाकुरसँग भ्रष्टाचारका विषयमा कुरा नमिलेका कारण सरुवा गरिएको भन्ने विषयमा सरकारको जवाफ मागेका छन् ।

संसदमा खानेपानीमन्त्री विना मगरसँग सांसद थापाले सरुवा भएका सचिव ठाकुरले मन्त्रीले पैसा मागेको, तर आफुले नदिएका कारण सरुवा भएको बताएको भन्दै जवाफ दिन माग गरे । सांसद थापाले भने,  ‘मेलम्चीको खानेपानी योजनामा भ्रष्टाचार भयो भन्ने मन्त्री र सचिवबीच आरोप प्रत्यारोप भइरहेको छ । दोषी को हो हामीले जान्न पाउनु पर्छ, दोषीलाई कारबाही हुनुपर्छ ।’

कांग्रेस सांसद डिला संग्रौलाले समेत भ्रष्टाचार गर्ने विषयमा कुरा नमिलेका कारण सरुवा भएको भन्ने विषयको जवाफ दिन माग गरिन् ।

जवाफमा मन्त्री मगरले आफू मन्त्री भएपछि धेरै काम भएको र तुलनात्मक रुपमा फड्को मारेको दाबी गरिन् । उनले सिएमसी कम्पनीको लापरवाहीका  कारण मेलम्चीको पानी  भनिएको समयमा काठमाडौंमा ल्याउन नसकेको बताइन् । मन्त्री मगरले टनेल, भेन्टिलेसनको काम अन्तिम चरणमा पुगेको भन्दै केही समयमै पानी काठमाडौं आउने बताइन् ।

उनले सिएमसी कम्पनीले मेलम्ची खानेपानी आयोजना छाडेर जाने वातावरण बनेपछि त्यसमा सरकार गम्भीर बनेको जानकारी दिइन् । उनले सिएमसी कम्पनीलाई काममा फर्काउने प्रयत्न गरिहेको पनि बताइन् ।

उनले सिएमसीलाई नै फिर्ता ल्याउने विषयमा समेत सरकारले छलफल गरिरहेको भन्दै ठेक्काको मान्यताभित्र रहेको सिएमसी काम गर्न चाहे फिर्ता ल्याउने बताइन् । मन्त्री मगरले पूर्वसचिव ठाकुरले उठाएको विषयमा आफु केही नबोल्ने बताइन् ।

उनले मेलम्ची राष्ट्रिय गौरबको आयोजना भएको र आफ्नो सफलतासँग जोडिएको भन्दै कसैको ‘गिद्दे नजर’ पर्न नदिने जिकिर गरिन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  २ : ०२ बजे

काठमाडौंमा १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु

काठमाडौं – काठमाडौं लाजिमपाटस्थित अरूपण आर्ट ग्यालरीमा आजदेखि १९औँ शताब्दीका

काभा महिला भलिबल : कीर्गिस्तानमाथि नेपालको जित

काठमाडौं – राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला

एमाले सचिवालय बैठक : अल्पमतमा पर्दा पनि गल्ती स्वीकार्न तयार छैनन् ओली

काठमाडौं- फागुन २१ को निर्वाचनपछि पहिलो पटक बसेको नेकपा एमालेको

पाकिस्तानी प्रधानमन्त्री चीनमा, ‘साझा चासोका विषयमा’ छलफल हुने

बेइजिङ– इरान युद्धका कारण चार दिने भ्रमणका लागि पाकिस्तानका प्रधानमन्त्री