संसदमा खानेपानी मन्त्रीको जवाफ–मेलम्चीमा सीएमसी फेरि फर्किए स्वागत गर्न सरकार तयार छ « Khabarhub

संसदमा खानेपानी मन्त्रीको जवाफ–मेलम्चीमा सीएमसी फेरि फर्किए स्वागत गर्न सरकार तयार छ


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री विना मगरले मेलम्ची आयोजनाको काम पूरा गर्ने विषयमा दुईवटा विकल्पबारे छलफल भइरहेको बताएकी छन् ।

शुक्रवार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले राखेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री मगरले सरकारले चाँडो भन्दा चाँडो मेलम्चीको पानीलाई काठमाडौं ल्याउन दुईवटा विकल्पमा छलफल भइरहेको बताइन् ।

ठेक्का सम्झौता तोडिएको इटलीयन कम्पनी सीएमसीलाई पुन काममा फिर्ता बोलाउने वा नयाँ ठेक्का प्रकया गरेर मेलम्ची आयोजनालाई छिटोभन्दा छिटा सक्ने विषयमा छलफल भइरहेको मन्त्री मगरले जानकारी दिइन् ।

‘दुईवटा विषयलाइर्ए सँगसँगै लैजान खोजेका छौं , मन्त्री मगरले भनिन्,‘सीएमसी आउँछ भने नेपाली भेन्डर समस्या समाधान गर्न सक्छौं उ आयो भने अलि चाडो काम हुन्छ र विधिसम्मत रुपमा सीएमसी आउँछ भने सरकार स्वागत गर्न तयार छौं ।’

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  २ : ०२ बजे

उदयपुर सिमेन्टमा क्लिङ्कर हिनामिना : तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको

पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधि

अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ दिवस : मुख्यसचिवसहित छ जना सम्मानित

काठमाडौं– काठमाडौंस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही