स्वास्थ्य सेवामा ठगिएको सुदूरपश्चिम, प्रदेश सरकारका निर्णय लागू गर्न केन्द्रकै भर « Khabarhub

स्वास्थ्य सेवामा ठगिएको सुदूरपश्चिम, प्रदेश सरकारका निर्णय लागू गर्न केन्द्रकै भर


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– सुदूरपश्चिम प्रदेशको मन्त्री परिषद्ले गरेका निर्णय कार्यान्वयन गराउनका लागि केन्द्र सरकारको भर पर्नुपर्ने भएको छ । यहाँको प्रदेश सरकारले जस्तो निर्णय गरे पनि त्यसको कार्यान्वयनका लागि केन्द्र सरकारको निर्णय पर्खिनुपर्ने बाध्यता रहेको छ ।

गएको माघ ६ गते बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले मालाखेती अस्पताल कैलाली, जोगबुडा अस्पताल डडेलधुरा, गोकुलेश्वर अस्पताल दार्चुलालाई १५ शय्याबाट २५ शय्या र प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी कञ्चनपुरलाई पनि २५ शय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको प्रस्तावका आधारमा उक्त निर्णय मन्त्रिपरिषदको बैठकले पारित गरेको हो ।

तर प्रदेशको मन्त्रिपरिषद्को निर्णय समेत कार्यान्वयनका लागि सामाजिक विकास मन्त्रालयले फेरि सङ्घीय सकारकै मुख ताक्नु परेको छ । उक्त निर्णयको स्वीकृति, दरबन्दी सिर्जना र परिपूर्तिका लागि सङ्घीय स्वास्थ्य मन्त्रालयलाई पठाइएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव गोगनबहादुर हमालले बताए ।

यसअघि संरचना, शय्या, जनशक्ति र उपकरण नथपेरै सेती अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल बनाउने पनि प्रदेशस्तरमा निर्णय भयो । प्रादेशिक अस्पतालको बोर्ड लगाउनका लागि सामाजिक विकास मन्त्रालयले सेती अञ्चल अस्पताललाई निर्देशन पनि दियो र बोर्ड पनि तयार भयो ।

त्यस्तै उप क्षेत्रीय अस्पताल डडेलधुरालाई भने उप–प्रादेशिक अस्पताल, कञ्चनपुरमा रहेको महाकाली अञ्चल अस्पतालको नाम पनि परिवर्तन गर्दै भीमदत्त पन्त अस्पताल बनाउने पनि प्रदेशस्तरमा निर्णय भयो । तर जनशक्ति र बजेट व्यवस्थापनका लागि फेरि सङ्घीय सरकारकै मुख ताक्नुपर्ने भएकाले उक्त निर्णय अहिलेसम्म कार्यान्वयन गरिएको छैन ।

सेती अञ्चल अस्पतालका मेडिकल सुपरेटेण्डेन्ट डाक्टर हेमराज पाण्डेयले परिपक्क निर्णय नभएकाले कार्यान्वयनमा समस्या आएको बताए । सङ्घीय सरकारले सुदूरपश्चिमभरमा रहेका सबै अस्पताल र स्वास्थ्यचौकी प्रदेश सरकारलाई महीनाैं अगाडि हस्तान्तरण गरिसकेको छ । उप–क्षेत्रीय अस्पताललाई पनि हस्तान्तरण गरिसकेकोमा उप क्षेत्रीयको केन्द्रीय अस्पतालमा स्तरोन्नति भएसँगै फेरि सङ्घीय सरकारकै मातहतमा गइसकेको छ ।

तर प्रदेश सरकारको मातहतमा रहेका अस्पतालको विषयमा गरिएका सबै निर्णय कार्यान्वयनका लागि पनि फेरि सङ्घीय सरकारकै मुख ताक्नुपर्ने अवस्थाले समस्या भएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव हमालले बताए । प्रदेशभरीका सबै स्वास्थ्य संस्था सञ्चालनका लागि प्रदेशले बजेट व्यवस्थापन गर्न नसक्ने भएकाले सङ्घीय सरकारकै भरपर्नुपर्ने देखिएको हमालले बताए । उनले भने, “परिपक्क निर्णय नहुँदा यहाँका तीन अस्पताल र एक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको निर्णय कार्यान्वयनमा पनि समय लाग्ने देखिन्छ ।” नाममै सीमित उपक्षेत्रीय अस्पताल डडेलधुरालाई शुरुमा प्रदेशको मातहतमा पठाएको सङ्घीय सरकारले फेरि स्तरोन्नति गर्दै सङ्घीय सरकारकै मातहतमा राख्ने निर्णय गरेको छ ।

उपक्षेत्रीय अस्पताललाई विशेषज्ञ सेवासहितको केन्द्रीय अस्पतालमा रुपान्तरण गर्न सङ्घीय मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । तर कागजमा प्रदेशभरीकै सबैभन्दा ठूलो उपक्षेत्रीय अस्पताल भनिए पनि उपक्षेत्रीयकै दरबन्दी अनुसारका चिकित्सक नहुँदा सङ्कटमा परेको छ ।

अहिलेसम्म पुरानो टिम अस्पतालकै संरचनामा सञ्चालन रहेको उक्त अस्पताल नाममा मात्रै स्तरोन्नति भएकाले फेरि स्तरोन्नति गर्ने निर्णय कार्यान्वयमा आशङ्का बढेको उपक्षेत्रीय अस्पताल डडेलधुराका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डाक्टर सुवास लामिछानेले बताए ।

सुदूरपश्चिमभरी रहेका अस्पतालमा विगतमा सङ्घीय सरकारको हेपाह प्रवृत्तिकै कारण न दरबन्दी अनुसारका चिकित्सक भए, न अस्पतालको स्तरोन्नति भयो, न उपकरण नै पठाइएको भन्दै स्थानीयवासी आक्रोशित हुन थालेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ३ : ३५ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै