भीमफेदी कारागारका जेलर घुससहित पक्राउ | Khabarhub Khabarhub

भीमफेदी कारागारका जेलर घुससहित पक्राउ


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मकवानपुरको भीमफेदीस्थित कारागार कार्यालयका जेलर (शाखा अधिकृत) घुस रकमसहित पक्राउ परेका छन् ।

आफ्नै कार्यालयमा कार्यरत चौकीदारसँग मागेको ७५ हजार रुपैयाँ घुस रकमसहित जेलर मदन अधिकारी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले जेलर अधिकारीलाई पक्राउ गरेको हो ।

जेलर अधिकारीलाई घुस रकम लिइसकेको अवस्थामा उनको निवासबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ३ : ४७ बजे

‘मिस ग्राण्ड नेपाल–२०२४’को आवेदन खुला

काठमाडौं – ‘मिस ग्राण्ड नेपाल, २०२४’ नामक सौन्दर्य प्रतियोगिताका लागि

चालु आवमा चुरे क्षेत्रमा ११ पोखरी निर्माण तथा व्यवस्थापन

चितवन – राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, कार्यान्वयन एकाइ

मकवानपुरमा जङ्गली च्याउ खाँदा एकको मृत्यु, चार बिरामी

मकवानपुर – मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एक मृत्यु

नौमती बाजा बजार संस्कृति संरक्षण र आयआर्जन गर्दै दमकका महिला

झापा – झापाको दमक नगरपालिकाका महिला परम्परागत नौमती बाजा बजाउने