डीपीएलमा विवाद, काठमाडौंद्वारा खेल वहिष्कार « Khabarhub

डीपीएलमा विवाद, काठमाडौंद्वारा खेल वहिष्कार


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर्स खेल बहिष्कार गरेको छ ।

भारतीय खेलाडी अङ्कित दबासलाई बलिङमा प्रतिबन्ध लगाएको भन्दै काठमाडौंले महेन्द्रनगर युनाईटेड विरुद्धको क्वालिफायर्स खेल बहिष्कार गरेको हो । काठमाडौंले धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रबार  महेन्द्रनगर युनाईटेडसंँग प्रतिस्पर्धा गर्ने तालिका थियो । बलिङ शंकास्पद रहेको दावी सहित बिहीवार दबासलाई प्रतिबन्ध लगाएको थियो ।

काठमाडौं गोल्डेन्सल खेलेको दुई फरक खेलमा दबासको बलिङ एक्सन अनाधिकृत रहेको प्राविधिक टोलीको दाबी छ ।

काठमाडौँका टिम व्यवस्थापक संजय श्रेष्ठले भारतका विभिन्न खेल खेलेका खेलाडीलाई बिना कारण कारबाही गरेकोले खेल नखेलेको बताए । उनले आईसिसीको नियमको पालना आयोजकले नगरेको र मैदानको अवस्था खराब रहेकाले नखेल्ने निर्णय गरेको जानकारी दिए ।

काठमाडौंले जितेका तीन खेलमा दबास अलराउन्ड प्रदर्शन गर्दै ‘म्यान अफ दि म्याच’ चुनिएका थिए । दबासले काठमाडौंबाट सर्वाधिक ६ विकेट लिनुका साथै १५३ रन बनाएका थिए ।

शुक्रवार निर्धारित खेलको समयमा काठमाडौँ मैदानमा नगएपछि महेन्द्रनगर युनाईटेड सिधै फाईनलमा पुगेको छ । महेन्द्रनगरले शनिवार हुने फाइनलमा सिवाईसी अत्तरियाको सामना गर्नेछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ६ : ४६ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले