गाउँको विकासमा सबै जुटौं–मन्त्री ढकाल « Khabarhub

गाउँको विकासमा सबै जुटौं–मन्त्री ढकाल


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आफ्नो गाउँको विकासमा सबै जुट्नुपर्ने बताएका छन् ।

तेह्रथुम सरोकार समाजले शनिबार काठमाडौंमा आयोजना गरेको सातौ वार्षिक साधारणसभा तथा स्मारिकाको लोकार्पण कार्यक्रममा बोल्दै विभिन्न कामले राजधानी आएकाले आफ्नो गाउँ र समाजको विकासका लागि सोच्ने बेला आएको बताए ।

संविधानसभाबाट संविधान जारी भएपछि अहिले देशमा कानून निर्माणको काम करिब करिब सकिएको भन्दै अब बाँकी काम देशको विकास र समृद्धिका लागि हुनुपर्ने बताए ।

आफूले सम्हालेको कानून, न्याय तथा संसदीय मामिल मन्त्रालयले गरेको कामको बारेमा जानकारी दिँदै सरकारले छोटो समयमा धेरै काम गरेको दाबी गरे ।

नेपालको कानूनी इतिहासमा यति छोटो समयमा यति धेरै कानून बनेको पहिलो भएको बताए । नेपालमा कानून निर्माणको काम विश्वमै पनि धेरै भएको हुनसक्ने मन्त्री ढकालले बताए ।

मुलुकमा भएका सबै राजनीतिक दल मिलेर छोटो अवधिमा २ सय ४२ कानून निर्माण गरिएको भन्दै मन्त्री ढकालले प्रायः सबै कानून सहमतिमै बनेको बताए ।

३/४ वटा कानूनमा मात्र केहि अल्झन भएपनि त्यसमा पनि सहमति खोजिएको उनले बताए ।

अहिले सरकार देश निर्माणको अभियानमा लागेको भन्दै मन्त्री ढकालले सरकारको यो अभियानलाई साथ दिन आम सर्वसाधारणलाई पनि आग्रह गरे ।

‘तेह्रथुम सरोकार समाजले पनि आफ्नो जिल्लाको विकासका र जिल्लाको श्रीवृद्धिका लागि सबैलाई एक ठाउँमा भेला पारेर काम गरेको छ । यो सारहनीय हो,’ उनले भने, ‘अब आफ्नो गाउँमा विकास निर्माणमा सबै जुट्ने बेला भएको छ ।’

प्रतिनिधिसभाका सांसद भवानीप्रसाद खापुङले देश संविधान कार्यान्वयनको चरणमा रहेको भन्दै संविधान अनुसार नै विकासका कामले गति लिने बताए ।

समाजका प्रमुख सल्लाहकार विजय सम्बाहाम्फेले जिल्लाका समस्यालाई हल गर्न सबै एक हुनुपर्ने बताए ।

सरोकार समाजका अध्यक्ष मोहन कुमार डाँगीले तेह्रथुमबासीका लागि यो साझा चौतारी भएको भन्दै यो चौतारीले आफ्नो जिल्लाको विकासका लागि काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ९ : ३७ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको