गाउँको विकासमा सबै जुटौं–मन्त्री ढकाल « Khabarhub

गाउँको विकासमा सबै जुटौं–मन्त्री ढकाल


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आफ्नो गाउँको विकासमा सबै जुट्नुपर्ने बताएका छन् ।

तेह्रथुम सरोकार समाजले शनिबार काठमाडौंमा आयोजना गरेको सातौ वार्षिक साधारणसभा तथा स्मारिकाको लोकार्पण कार्यक्रममा बोल्दै विभिन्न कामले राजधानी आएकाले आफ्नो गाउँ र समाजको विकासका लागि सोच्ने बेला आएको बताए ।

संविधानसभाबाट संविधान जारी भएपछि अहिले देशमा कानून निर्माणको काम करिब करिब सकिएको भन्दै अब बाँकी काम देशको विकास र समृद्धिका लागि हुनुपर्ने बताए ।

आफूले सम्हालेको कानून, न्याय तथा संसदीय मामिल मन्त्रालयले गरेको कामको बारेमा जानकारी दिँदै सरकारले छोटो समयमा धेरै काम गरेको दाबी गरे ।

नेपालको कानूनी इतिहासमा यति छोटो समयमा यति धेरै कानून बनेको पहिलो भएको बताए । नेपालमा कानून निर्माणको काम विश्वमै पनि धेरै भएको हुनसक्ने मन्त्री ढकालले बताए ।

मुलुकमा भएका सबै राजनीतिक दल मिलेर छोटो अवधिमा २ सय ४२ कानून निर्माण गरिएको भन्दै मन्त्री ढकालले प्रायः सबै कानून सहमतिमै बनेको बताए ।

३/४ वटा कानूनमा मात्र केहि अल्झन भएपनि त्यसमा पनि सहमति खोजिएको उनले बताए ।

अहिले सरकार देश निर्माणको अभियानमा लागेको भन्दै मन्त्री ढकालले सरकारको यो अभियानलाई साथ दिन आम सर्वसाधारणलाई पनि आग्रह गरे ।

‘तेह्रथुम सरोकार समाजले पनि आफ्नो जिल्लाको विकासका र जिल्लाको श्रीवृद्धिका लागि सबैलाई एक ठाउँमा भेला पारेर काम गरेको छ । यो सारहनीय हो,’ उनले भने, ‘अब आफ्नो गाउँमा विकास निर्माणमा सबै जुट्ने बेला भएको छ ।’

प्रतिनिधिसभाका सांसद भवानीप्रसाद खापुङले देश संविधान कार्यान्वयनको चरणमा रहेको भन्दै संविधान अनुसार नै विकासका कामले गति लिने बताए ।

समाजका प्रमुख सल्लाहकार विजय सम्बाहाम्फेले जिल्लाका समस्यालाई हल गर्न सबै एक हुनुपर्ने बताए ।

सरोकार समाजका अध्यक्ष मोहन कुमार डाँगीले तेह्रथुमबासीका लागि यो साझा चौतारी भएको भन्दै यो चौतारीले आफ्नो जिल्लाको विकासका लागि काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ९ : ३७ बजे

परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत