खेतमा काम गर्न गएका किसानको चट्याङ लागेर मृत्यु « Khabarhub

खेतमा काम गर्न गएका किसानको चट्याङ लागेर मृत्यु


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– खेतमा काम गर्न गएको बेला चट्याङ लागेर पर्सामा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको बहादुरमाई नगरपालिका–२ बैरियाका ३५ वर्षी माधव राम छन् ।

पानी परेको बेला खेतमा काम गर्न निस्किएका राम चट्याङ लागेर गम्भीर घाइते भएका थिए ।

स्थानीयहरुले उद्दार गरी उपचारका लागि वीरगन्जस्थित वीरगन्ज हेल्थ केयरमा पठाएकोमा उपचारकै क्रममा रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृतक रामको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्जमा पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, पर्साको वीरगन्जमा करेन्ट लागेर १ युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका–२ घर भएकी २४ वर्षीया अनिता देबी छन् ।

वीरगन्जस्थित आफ्नै कोठामा करेन्ट लागेर घाइते भएकी अनिताको उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ११ : २६ बजे

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा