वास्तु शास्त्रः उत्तरपूर्वी दिशामा कुचो राखे हुन्छ घरमा सधैं कलह « Khabarhub

वास्तु शास्त्रः उत्तरपूर्वी दिशामा कुचो राखे हुन्छ घरमा सधैं कलह


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

धर्म शास्त्रमा मानिसको जीवन पद्धतिका विषयमा सबै कुरा उल्लेख गरिएको पाइन्छ । मानिसले नित्यकर्म गर्दा के के गर्ने ? के नगर्ने विषयमा उल्लेख गरिएको पाइन्छ ।

केही मानिसहरु सामाजिक मान्यता र रीतिथितिमा निकै विश्वास गर्ने गर्दछन् । विश्वासका आधारमा मानिसले शास्त्रसंगै भाग्य तथा वास्तुलाई पनि मान्दै आएको पाइन्छ ।

भाग्यले साथ दिए पनि मानिसले वास्तुमा ध्यान नपु¥याउँदा वा वास्तुमा मात्र ध्यान दिई भाग्यले साथ नदिएमा पनि मानिसले उचित फल पाउन सक्दैनन् ।

घरको उत्तरपूर्वी अर्थात इशान दिशामा फोहोर तथा कुचो लगायतका वस्तु राख्नु हुँदैन यसले घरमा कलह हुन्छ । वास्तुशास्त्र अनुसार अरु के के गर्नु हुँदैन ?

१. घरको ईशान नैऋत्य कोणलाई सफा तथा हलुका सामान राखे राम्रो लाभ मिल्छ ।
२. यस कोणमा अपवित्र वस्तुहरू, फोहोरमैला तथा कुहिने सामाग्री राख्नुहुँदैन ।
३. यस दिशातर्फ भारी वस्तु, जस्तैः सिमेन्टका बोरा, ढुंगा, फलाम लगायतका सामाग्रि राख्नुहुँदैन ।
४. जुनसुकै अवस्थामा पनि यस दिशामा शौचालय बनाउनु हुँदैन । अन्यथा घरमा कलह हुन्छ ।
५. इशान नैऋत्य कोणमा शौचालय भएमा सन्तान अपांग हुने, वंश वृद्धिमा समस्या हुने बताइन्छ ।
६. यी दिशामा फोहोरजन्य सामग्री हुँदा सन्तानमा दुष्चरित्रता र दीर्घरोगको समस्या देखापर्छ ।
७. घरको उत्तरपूर्वी दिशा सफा नभएमा घरमा दरिद्रता आउने हुन्छ ।
८. घरको उत्तर पूर्वी कोणका कुनामा प्वाल पार्नु हुँदैन साथै कुनै भग्नावशेष समेत राख्नु हुँदैन ।
९. यस कोणमा भान्साघर समेत बनाउनु हुँदैन । यसले हानी गर्छ ।

इशान दिशामा के गर्ने ?

घरको ईशान नैऋत्य कोण अर्थात उत्तरपूर्वी भागको कुनामा मन्दिर बनाउनु पर्दछ । मन्दिरमा भगवान स्थापित गरँई नियमित पुजा गर्नुपर्दछ ।

उत्तरपूर्वी दिशामा घरको कृत्रिम जलप्रवाह वा प्राकृतिक वर्षाको बहाव हुनुपर्दछ । यस दिशालाई सकेसम्म खाली, स्वच्छ र सफा राख्नुपर्दछ । त्यतिमात्र होइन घरका प्रत्येक कोठामा ईशान कोण खाली राख्नुपर्दछ ।

इशान कोणमा के हुन्छ ?

यदि ईशान कोणमा इनार वा नहर छ भने जमीन हराभरा हुन्छ । विद्यालय छ भने विद्यँर्थीहरु पढ्न मन गर्छन् । यस कोणमा अस्पताल छ भने बिरामी छिट्टै निको हुन्छन् । यस ठाउँमा ब्यवसाय, व्यापार गर्दा आर्थिक लाभ हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ६ : ०८ बजे

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको