बिकिनी अवतारमा खुल्दै गएकी स्वस्तिमा « Khabarhub

बिकिनी अवतारमा खुल्दै गएकी स्वस्तिमा


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका स्वस्तिमा खड्का पछिल्लो समय बिकिनी अवतारमा खुल्दै जान थालेकी छिन् । सामाजिक सञ्जालमा उनले बिकिनी अवतारका तस्वीरहरु शेयर गर्न थालेको लामो समय भइसकेको छ । केही समयअघिसम्म पनि उनलाई सामान्य नायिकाका रुपमा लिने गरिन्थ्यो । न त उनले अभिनय गरेका चलचित्रका कारण नै उनको चर्चा हुन्थ्यो ।

चलचित्र ‘बुलबुल’ मा अभिनय गरेपछि भने स्वस्तिमाको अभिनयको तारिफ हुन थाल्यो । यो फिल्ममा पनि स्वस्तिमा एक सामान्य र सोझी युवतीको भूमिका निभाएकी थिइन् । पछिल्लो समय भने उनले सामाजिक सञ्जालमा उनले आफ्नो बिकिनी अवतारलाई निरन्तर प्रस्तुत गर्न थालेकी छिन् ।

त्यसो त केही पहिलेसम्म यसरी बिकिनी लगाएका तस्वीर राख्दा फ्यानले गाली गर्ने गर्थे । अहिले भने यसलाई सामान्य रुपमा लिन थालिएको छ । समाज सामान्य बन्दै गएपछि नायिकाहरुलाई अझ खुला हुन पो मन लागेको हो कि? जे होस्, बिकिनी भेषमा देखिने नायिकाहरुमा स्वस्तिमा पनि थपिएकी छिन् ।

सामाजिक सञ्जालमा जसरी रमाए पनि दर्शकको साथ पाउन भने अभिनय नै राम्रो गर्नुपर्ने हुन्छ । अब ‘घामड शेरे’ र ‘चपली हाइट ३’ मार्फत दर्शकमाझ आउन लागेकी स्वस्तिमाले अभिनयमार्फत दर्शकलाई आफ्नो बनाउन सक्छिन् कि सक्दिनन्, त्यो भने हेर्न बाँकी छ ।

 

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ६ : ४९ बजे

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको