एपीएफ टोलीद्वारा १२ लाख बराबरको चोरीका सामान बरामद « Khabarhub

एपीएफ टोलीद्वारा १२ लाख बराबरको चोरीका सामान बरामद


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साको विरगंजगबाट सशस्त्र प्रहरीको टोलीले  १२ लाख रुपैयाँ बराबरको चोरीको सामान बरामद गरेको छ ।

बीरगंज महानगरपालिका १७ स्थित चण्डालचोकबाट सशस्त्रको टोलीले करिव सात लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको हो भने भन्सार ईलाकाबाट पाँच लाख बराबरकाे चोरीको सामान बरामद गरेको हो ।

भारतबाट अवैध रुपले दुई वटा मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नम्बर १३ गण हेक्वाबाट खटिएको टोलीले बरामद गरेको हो ।

लत्ताकपडा ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त लत्ताकपडा तथा मोटरसाइकल छाडी उनीहरु फरार भएका थिए । एपीएफ टोलीले बरामद लत्ताकपडा तथा उक्त मोटरसाइकल आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।

यसैबीच, पर्सा जिल्लाकै बीरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट पनि एपीएफको टोलीले चोरीपैठारीको सामान बरामद गरेको छ ।

ना १ ह ०९५ नम्बरको टेम्पोमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको फलफूल, किराना सामान, जडीबुटी तथा २७ बोरा व्याट्रीको धुलो सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । उक्त सामान तथा टेम्पोको मुल्य करीव पाँच लाख ३१ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ८ : ०१ बजे

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान