खानेपानीको क्षेत्रमा दीर्घकालीन महत्त्वका सामूहिक योजना बनाउन मन्त्री मगरको निर्देशन « Khabarhub

खानेपानीको क्षेत्रमा दीर्घकालीन महत्त्वका सामूहिक योजना बनाउन मन्त्री मगरको निर्देशन


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री बिना मगरले जनताको आवश्यकतालाई ध्यान दिएर सामूहिक रूपमा योजना निर्माण गर्न कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागले आयोजना गरेको दुई दिने योजना कार्यशाला गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले पहुँचको भरमा भन्दा पनि सामूहिक तहमा योजना बनाएर अघि बढ्न निर्देशन दिएकी हुन् ।

उनले योजना छनौट गर्दा खानेपानीको अति आवश्यकता भएको क्षेत्रलाई ध्यान दिनुपर्ने बताइन् । “मन्त्रालय र विभागमा आएर योजना माग्नेलाई होइन जटिलतम आवश्यकता हेरेर योजना बनाउनुस” उनले भनिन्, ” कतिपय योजनाहरु हचुवाको भरमा आएका छन् । यसमा ध्यान दिनुस । वैज्ञानिक  हिसाबले दीर्घकालीन महत्त्व राख्ने खालका कार्यक्रम र योजना बनाउनुस ।”

दीगो विकासका लक्ष्यहरु हासिल गर्ने वैज्ञानिक हिसाबका योजनाहरु बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । देशै भरिको खानेपानी र सरसफाइको गुरु योजना बनाउन अति आवश्यक रहेको उनको भनाइ छ ।

“खानेपानीका कतिपय आयोजनाहरु संघ र प्रदेशमा दोहोरिने सम्भावना धेरै छन् । सामूहिक रोड म्याप बनाएर अघि बढ्नु होला ।” कर्मचारीहरुलाई निर्देशन दिदै मन्त्री मगरले भनिन्, ” घण्टौ घण्टा पानी लिन जानुपर्ने क्षेत्रलाई बढी प्राथमिकता दिएर काम गर्नुहोला । योजना बनाउदा भोलिको टीमले आत्मसात् गर्ने खालको बनाउनुस । ”

चालु आर्थिक वर्ष भित्र नतिजा देखिने गरि फिल्डमा खटेर काम गर्न उनले कर्मचारीहरुलाई निर्देशन दिइन् ।

विभागका महानिर्देशक सुनिलकुमार दासले चालु आर्थिक वर्षमा नतिजा देखिने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। फिल्डमा देखिने समस्यालाई हल गर्दै मन्त्रालयको समन्वयमा अघि बढ्ने उनले बताए ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ८ : ३६ बजे

सरकारलाई हर्कको प्रश्न : टेम्पो भिरबाट गुल्ट्याउने, मोबाइल पानीमा डुबाउने, घरमा प्रहरीले ढुंगा हान्ने, यो कस्तो सुशासन हो ?

काठमाडौं- श्रमसंस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री वालेन

पद्माको चुनौती : मन्त्रीहरूको धम्की धेरै भयो, पुराना दलको सबै फाइल खोले हुन्छ

काठमाडौं- नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्री बालेन

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौं– अन्धोपन निवारणका लागि आँखा उपचार सेवामा अतुलनीय योगदान पुर्‍याएको जनाउँदै

नेपालको आँखा स्वास्थ्य सेवामा फड्को: ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै

काठमाडौं– नेपालमा आँखा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न गुणस्तर सुनिश्चित

काभ्रेको नदी तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै

काभ्रे– वर्षाका कारण हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकका विभिन्न