खानेपानीको क्षेत्रमा दीर्घकालीन महत्त्वका सामूहिक योजना बनाउन मन्त्री मगरको निर्देशन « Khabarhub

खानेपानीको क्षेत्रमा दीर्घकालीन महत्त्वका सामूहिक योजना बनाउन मन्त्री मगरको निर्देशन


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री बिना मगरले जनताको आवश्यकतालाई ध्यान दिएर सामूहिक रूपमा योजना निर्माण गर्न कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागले आयोजना गरेको दुई दिने योजना कार्यशाला गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले पहुँचको भरमा भन्दा पनि सामूहिक तहमा योजना बनाएर अघि बढ्न निर्देशन दिएकी हुन् ।

उनले योजना छनौट गर्दा खानेपानीको अति आवश्यकता भएको क्षेत्रलाई ध्यान दिनुपर्ने बताइन् । “मन्त्रालय र विभागमा आएर योजना माग्नेलाई होइन जटिलतम आवश्यकता हेरेर योजना बनाउनुस” उनले भनिन्, ” कतिपय योजनाहरु हचुवाको भरमा आएका छन् । यसमा ध्यान दिनुस । वैज्ञानिक  हिसाबले दीर्घकालीन महत्त्व राख्ने खालका कार्यक्रम र योजना बनाउनुस ।”

दीगो विकासका लक्ष्यहरु हासिल गर्ने वैज्ञानिक हिसाबका योजनाहरु बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । देशै भरिको खानेपानी र सरसफाइको गुरु योजना बनाउन अति आवश्यक रहेको उनको भनाइ छ ।

“खानेपानीका कतिपय आयोजनाहरु संघ र प्रदेशमा दोहोरिने सम्भावना धेरै छन् । सामूहिक रोड म्याप बनाएर अघि बढ्नु होला ।” कर्मचारीहरुलाई निर्देशन दिदै मन्त्री मगरले भनिन्, ” घण्टौ घण्टा पानी लिन जानुपर्ने क्षेत्रलाई बढी प्राथमिकता दिएर काम गर्नुहोला । योजना बनाउदा भोलिको टीमले आत्मसात् गर्ने खालको बनाउनुस । ”

चालु आर्थिक वर्ष भित्र नतिजा देखिने गरि फिल्डमा खटेर काम गर्न उनले कर्मचारीहरुलाई निर्देशन दिइन् ।

विभागका महानिर्देशक सुनिलकुमार दासले चालु आर्थिक वर्षमा नतिजा देखिने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। फिल्डमा देखिने समस्यालाई हल गर्दै मन्त्रालयको समन्वयमा अघि बढ्ने उनले बताए ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ८ : ३६ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट