महिला क्रिकेटः उपाधिका लागि काठमाडौं र चितवन भिड्ने « Khabarhub

महिला क्रिकेटः उपाधिका लागि काठमाडौं र चितवन भिड्ने


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वुमन्स च्याम्पियन्स लिग (डब्लुसील) टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि काठमाडौं क्विन्स र चितवन राइनोज भिड्ने भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको इलिमिनेटर खेलमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो । चितवन यसअघि नै फाइनलमा पुगेको हो ।

डब्लुसिएलको फाइनल ७ गते काठमाडौंले चितवन राइनोजसँग खेल्नेछ । चितवन लिगको शीर्ष स्थानमा रहँदै यसअघि फाइनल पुगिसकेको थियो ।

काठमाडौंसँग पराजित भएसँगै विराटनगरभने घर फर्किएको छ । विराटनगरले दिएको ६९ रनको सामान्य लक्ष्य काठमाडौंले ९ ओभर ५ बलमा १ विकेट गुमाएर पुरा गरेको हो ।

काठमाडौंका लागि कप्तान रुबिना क्षेत्रीले अविजित ३४ रन जोड्दा अप्सरी बेगमले अविजित २७ रनको योगदान गरिन् । रोमा थापा सुन्य रनमा पेभेलियन फर्किइन । काठमाडौंविरुद्ध विराटनगरकी सोनु खड्काले १ विकेट लिईन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १७ ओभर ३ बलमा सबै विकेट गुमाएर ६८ रन बनाएको थियो ।
विराटनगरका लागि सोनु खड्काले सर्वाधिक ३४ रन जोडिन् ।

यस्तै ज्योति पाण्डेले १२ तथा आरती बिडारीले ११ रन जोडिन् । विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंकी कप्तान रुबिना क्षेत्रीले ४ विकेट लिइन् ।

प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ३ : २० बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको