असिनापानीका कारण चार करोड बढीको अन्नबालीमा क्षति « Khabarhub

असिनापानीका कारण चार करोड बढीको अन्नबालीमा क्षति


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- गत असोज २१ गते बडादशैँका दिन परेको भीषण असिनापानीका कारण म्याग्दीको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाका गरी तीनओटा वडामा रु चार करोड बढीको क्षति भएको छ ।

बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा, सानालेक, फापरखेत, मङ्गाला गाउँपालिका–१ को थाइबाङ र सोही गाउँपालिकाको वडा नं ३ बरन्जामा दशैँमा भीषण असिना पानी परेको थियो ।

कृषि ज्ञान केन्द्र म्याग्दीले विपद् व्यवस्थापन समितिका पदाधिकारीलाई समेत समेटेर असिनाले क्षति पुर्‍याएका तीनवटै वडामा स्थलगत अनुगमन गरी क्षतिको विवरण सङ्कलन गरेको हो ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाका अनुसार असिनापानीबाट तीनवटै वटाका ८५५ घरधुरीका कृषकको पाँच हजार ६५७ रोपनी क्षेत्रफलमा लगाएको चार करोड एक लाख ४१ हजार ९०५ रुपैयाँ बराबरको धान, कोदो र दलहन, लहरेबाली र तरकारीको क्षति भएको छ ।

कृषि ज्ञान केन्द्रले सङ्कलन गरेको तथ्याङ्कअनुसार असिनाले सबैभन्दा बढी क्षति बेनी नगरपालिका–२ ज्यामरुककोटमा गरेको छ । ज्यामरुककोटका ४२० घरधुरी कृषकको रु दुई करोड १७ लाख दुई हजार ६००, बरन्जाका ३२० घरधुरी कृषकको रु एक करोड ३३ लाख ५८ हजार १६० र थाइवाङका ११५ घरधुरी कृषकको रु ५० लाख ८१ हजार ४५ मूल्य बराबरको बर्खे बालीमा क्षति पुगेको छ ।

तथ्याङ्कअनुसार २ हजार ७४२.२ रोपनीमा धान, एक हजार ६८८.५ क्षेत्रफलमा लगाएको कोदो र एक हजार २२६ रोपनीमा लगाएको सिमीमा क्षति गरेको छ । सङ्कलित विवरण एकीकृत गरी जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबारको बैठकबाट निर्णय गरी राहतका लागि मन्त्रालयमा पठाइएको कोइरालाले बताए । केन्द्रका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिसहितको टोली असिनापीडित कृषकको खेतबारीमै पुगेको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ९ : ४० बजे

वैदेशिक मुद्रामा ऋणपत्र जारी गर्न सकिने गरी ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन’ संशोधन प्रस्ताव

काठमाडौं– सरकारले ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९’ लाई संशोधन गर्न

अवकाश पाइसकेका व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं– सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त गरेका

विश्वकप फाइनलअघि स्पेनलाई चिन्ता : लामिन यामालले टोलीको प्रशिक्षण छाडे, चोट बल्झिएको आशंका

एटलान्टा- स्पेनका युवा स्टार लामिन यामालले बिहीबार टोलीको नियमित प्रशिक्षणमा

मलामी गएका युवा दरौँदी नदीमा बगेर बेपत्ता

गोरखा– मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता

जलन उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीद्वारा विज्ञसँग परामर्श

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा जलन उपचार