असिनापानीका कारण चार करोड बढीको अन्नबालीमा क्षति | Khabarhub Khabarhub

असिनापानीका कारण चार करोड बढीको अन्नबालीमा क्षति


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- गत असोज २१ गते बडादशैँका दिन परेको भीषण असिनापानीका कारण म्याग्दीको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाका गरी तीनओटा वडामा रु चार करोड बढीको क्षति भएको छ ।

बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा, सानालेक, फापरखेत, मङ्गाला गाउँपालिका–१ को थाइबाङ र सोही गाउँपालिकाको वडा नं ३ बरन्जामा दशैँमा भीषण असिना पानी परेको थियो ।

कृषि ज्ञान केन्द्र म्याग्दीले विपद् व्यवस्थापन समितिका पदाधिकारीलाई समेत समेटेर असिनाले क्षति पुर्‍याएका तीनवटै वडामा स्थलगत अनुगमन गरी क्षतिको विवरण सङ्कलन गरेको हो ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाका अनुसार असिनापानीबाट तीनवटै वटाका ८५५ घरधुरीका कृषकको पाँच हजार ६५७ रोपनी क्षेत्रफलमा लगाएको चार करोड एक लाख ४१ हजार ९०५ रुपैयाँ बराबरको धान, कोदो र दलहन, लहरेबाली र तरकारीको क्षति भएको छ ।

कृषि ज्ञान केन्द्रले सङ्कलन गरेको तथ्याङ्कअनुसार असिनाले सबैभन्दा बढी क्षति बेनी नगरपालिका–२ ज्यामरुककोटमा गरेको छ । ज्यामरुककोटका ४२० घरधुरी कृषकको रु दुई करोड १७ लाख दुई हजार ६००, बरन्जाका ३२० घरधुरी कृषकको रु एक करोड ३३ लाख ५८ हजार १६० र थाइवाङका ११५ घरधुरी कृषकको रु ५० लाख ८१ हजार ४५ मूल्य बराबरको बर्खे बालीमा क्षति पुगेको छ ।

तथ्याङ्कअनुसार २ हजार ७४२.२ रोपनीमा धान, एक हजार ६८८.५ क्षेत्रफलमा लगाएको कोदो र एक हजार २२६ रोपनीमा लगाएको सिमीमा क्षति गरेको छ । सङ्कलित विवरण एकीकृत गरी जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबारको बैठकबाट निर्णय गरी राहतका लागि मन्त्रालयमा पठाइएको कोइरालाले बताए । केन्द्रका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिसहितको टोली असिनापीडित कृषकको खेतबारीमै पुगेको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ९ : ४० बजे

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो

साउने सोमबार पशुपतिनाथ दर्शनमा आउनेलाई निःशुल्क यातायात सेवा दिइने

काठमाडौं – यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले