नक्कली लाइसेन्स बोक्ने चालक बढ्दै | Khabarhub Khabarhub

नक्कली लाइसेन्स बोक्ने चालक बढ्दै


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यातायात व्यवस्था कार्यालयमा फर्जी सवारी चालक अनुमति पत्र (नक्कली लाइसेन्स) नवीकरण गर्न आउनेको संख‍्या बढ्न थालेको छ । कार्यालयमा दैनिक पाँचदेखि १० चालक नक्कली लाइसेन्स बोकेर आउने गरेको पाइएको छ ।

यसरी कार्यालयमा आउनेको नक्कली लाइसेन्स रद्द गरिएको कार्यालयका प्रमुख डम्बरबहादुर चन्दले बताए ।

चालक अनुमतिपत्र नवीकरणका लागि आएका सेवाग्राहीका अभिलेख नदेखिएपछि रद्द गरिने प्रमुख चन्दले बताए । सेवाग्राहीले जानेर वा अञ्जानमा त्यस्तो चालक अनुमतिपत्र बनाएको उनले बताए ।

चालक अनुमतिपत्र परीक्षा हुँदाको बखत स्थलगत विवरण (चेक लिस्ट) का आधारमा अनुमतिपत्र सही हो होइन भनी छुट्याइने गरिएको छ । सूचीमा नभएका फर्जी चालक अनुमतिपत्र नवीकरण गर्न आउने शुरुमा फर्जी हो भनेर स्वीकार गर्न नचाहने उनले बताए ।

कार्यालयले अभिलेखमा नपाइएको भन्दै प्रहरीलाई खबर गर्ने भनेपछि उनीहरुले आफैँ रद्द गर्न निवेदन दिने गरेका छन् । उनले भने, ‘पहिले सक्कली हो भनेर दाबी गर्ने व्यक्ति पछि निवेदन दिन तयार हुन्छन् ।’

यातायात व्यवस्था विभागले सक्कली हो होइन बुझेर मात्रै नवीकरण गर्दै आएको छ । कार्यालयले त्यस बखत चालक अनुमतिपत्र परीक्षा हुँदाको बखत स्थलगत विवरण (चेक लिस्ट) का आधारमा चालक अनुमतिपत्र सही हो होइन छुट्याउने गरेको छ ।

कार्यालयमा कतिपय अभिलेख व्यवस्थित नहुँदा भने समस्या आउने उनको भनाइ थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ६ : ३० बजे

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।