बेंसीसहर खानेपानी आयोजना अन्तिम चरणमा « Khabarhub

बेंसीसहर खानेपानी आयोजना अन्तिम चरणमा


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- बेंसीसहरवासीलाई शुद्ध पिउने पानी खुवाउनका लागि निर्माण थालिएको भाचोकखोला खानोपानी आयोजनाको ९० प्रतिशत निर्माणकार्य पूरा भएको छ । बाँकी काम एक महिनामा सकेर मंसिरभित्रै जिल्ला सदरमुकामका उपभोक्ताले शुद्ध पिउनेपानी पाउने भएका हुन् ।

भाचोकखोला खानोपानी आयोजना जिल्लाकै सबैभन्दा ठूलो खानेपानी योजना मानिएको छ, जुन १७ करोड लगानीमा सम्पन्न गर्नेगरी निर्माणकार्य चलिरहेको बेंसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधानले बताए । उनले भने, ‘बेंसीसहरका उपभोक्तालाई मंसिर महिनाभित्र शुद्ध खानेपानी उपलब्ध हुन्छ ।’

खानेपानी आयोजना बेंसीसहर नगरपालिका–१० भाचोक खोलाबाट ल्याइएको हो, जसको दूरी ६ किलोमिटर रहेको छ । उक्त आयोजना नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा निर्माण भइरहेको प्रधानले बताए ।

बेंसीसहर सहलगानी खानेपानी तथा सरसफाइ (भाचोक खोला मुहान) आयोजना जिल्लाकै नमुना र आधुनिक आयोजना भएको संघीय खानेपानी तथा ढल व्यावस्थापन आयोजना लमजुङका आयोजना प्रमुख रामचन्द्र काफ्लेले बताए । उनका अनुसार यो आयोजना सम्पन्न भएसँगै बेंसीसहरका उपभोक्ताले शुद्ध पानी पिउन पाउनेछन् । भाचोकखोलाबाट बेंसीसहरमा पानी ल्याउनका लागि मस्र्याङ्दी नदीबाट पाइप क्रसिङ गर्न करिब ३५ लाखमा छुटै झोलुंगे पुलसमेत निर्माण गरिएको काफ्लेले जानकारी दिए ।

आयोजनाको इन्टेकको काम सम्पन्न भएको र पानी प्रशोधन केन्द्रको काम ९८ प्रतिशत पूरा भएको छ । सो आयोजना सुचारु गर्नका लागि ९ लाख लिटरका तीनवटा पोखरी निर्माण गरिएको छ । ती पोखरीको निर्माण कार्य सकिएको आयोजनाले जनाएको छ । मुख्य खानेपानीको लाइन जडान कार्य तथा बेंसीसहरमा शाखा लाइन विस्तार कार्य अन्तिम चरणमा पुगेको छ ।

भाचोक खोला खानेपानी आयोजना सम्पन्न भएपछि बेंसीसहरवासीका लागि आउँदो २० वर्षसम्मका लागि पिउनेपानीको कुनै समस्या नहुने बताइएको छ । भाचोक खोलाबाट प्रतिसेकेन्ड २५ लिटर पानी बेंसीसहरमा आइपुग्नेछ ।

२०७४ साउनबाट निर्माण कार्य सुरु गरिएको आयोजना २०७६ असार मसान्तमा सम्पन्न गर्नुपर्नेगरी ठेकेदार कम्पनी महादेव खिम्ती पराजुली जेभीले सम्झौता गरेको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि पुनः ६ महिनाको म्याद थप गरी आगामी १८ पुससम्मका लागि म्याद थप गरिएको छ । सो अवधिभित्रै खानेपानी योजनाको फिनिसिङको कार्य सबै सम्पन्न हुनेगरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

कुल ४० हजार जनसंख्या रहेको बेंसीसहर बजारका उपभोक्ताका लागि आयोजना बनेपछि हिउँद बर्खा पानीको समस्या नहुने सुनिश्चित भएको बेसीशहर नगरपालिका नगर प्रमुख गुमानसिंह अर्यालले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ९ : २८ बजे

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ

इरानी तेल सञ्लालमाथि हमला, अमेरिकाले पश्चिम एशियामा २५०० मरिन तैनाथ गर्ने

वाशिङ्टन डीसी- अमेरिका र इरानबीचको द्वन्द्व तीव्र हुँदै गएको छ

मधेसको विकासमा मुख्यमन्त्री यादवको ध्यान केन्द्रित

धनुषा– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई संवैधानिक रूपमा

कतारस्थित नेपाली दूतावास : साउदी अरब हुँदै स्वदेश फिर्नेले पर्यटक भिसाको अपोइन्टमेन्ट लिनू

दोहा– कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमपछि