सिसी क्यामरा जडानपछि आपराधिक गतिविधि घट्दै « Khabarhub

सिसी क्यामरा जडानपछि आपराधिक गतिविधि घट्दै


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न तनहुँको शुक्लागण्डकी नगरपालिकाले विभिन्न ठाउँमा सिसी क्यामरा जडान गरेपछि प्रहरीलाई शान्तिसुरक्षा कायम गर्न सहज भएको छ ।

नगरपालिकाले पृथ्वीराजमार्गको कोत्रेदेखि शेराटारसम्मका सडक तथा बजार क्षेत्रका मुख्य स्थानमा करीब २१ लाखको लागतमा सिसी क्यामरा जडान गरिएको नगरपालिकाका सूचना प्रविधि शाखाप्रमुख त्रिचोलन लम्सालले बताए ।

लम्सालका अनुसार शेराटार, खैरेनीटार बजार, दुलेगौँडा बजार, कोत्रे, ढोरफिर्दी, वडा नं ८ को वडा कार्यालय, गणेश टोल तथा हिमाली टोलको बीच भाग, इलाका प्रहरी कार्यालय लगायतका ठाउँमा सिसी क्यामरा जडान गरिएको छ ।

लम्सालले शान्तिसुरक्षा कायम गर्न सिसी क्यामरा प्रभावकारी देखिएको जनाउँदै नगरपालिका क्षेत्रका अन्य ठाउँमा पनि क्रमशः सिसी क्यामरा थप गर्दै लगिने बताए।

सिसी क्यामरा निगरानीको व्यवस्थापन इलाका प्रहरी कार्यालय बेलचौताराले गरेको छ । प्रहरी कार्यालयमा कन्ट्रोल रुम बनाइएको छ । प्रहरीले चौबिसै घण्टा राजमार्ग, मुख्यबजार र संवेदनशील क्षेत्रको निगरानी गरिरहेको प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिए।

प्रहरी निरीक्षक गिरीका अनुसार सिसी क्यामराको सहयोगबाट दुलेगौडामा केही दिनअगाडि सुन पसलबाट चोरी भएको गहना फिर्ता गराउन प्रहरी सफल भएको छ ।

‘सिसी क्यामरा जडानपछि आपराधिक गतिविधि गर्ने प्रवृत्तिका व्यक्ति तर्सिन्छन्,’ गिरीले भने, ‘जसले गर्दा चोरी, डकैती लगायतका घटनामा कमी आउँछ ।’

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  १२ : ५१ बजे

क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ – स्विट्जरल्यान्ड क्यानडालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को

हाइटीलाई ४-२ गोलले हराउँदै मोरक्को नकआउट चरणमा

काठमाडौँ – हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्को फिफा विश्वकप २०२६

ह्याट्रिक गर्न चुके ब्राजिलका विनीसियस जुनियर

काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६