चिलीमा प्रदर्शन– ज्यान गुमाउनेको सङ्ख्या २३ पुग्यो « Khabarhub

चिलीमा प्रदर्शन– ज्यान गुमाउनेको सङ्ख्या २३ पुग्यो


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सान्टियागो– चिलीमा जारी हिंसात्मक प्रदर्शनबाट ज्यान गुमाउनेको सङख्या शुक्रबारसम्म २३ पुगेको छ । चिलीमा करिब पाँच हप्तादेखि सो प्रदर्शन शुरु भएको थियो । दक्षिण अमेरिकी यस देश भरीका शहरहरूमा लुटपाट र प्रदर्शनहरू भएका छन् ।

चिलीका प्रदर्शनकारीहरुले गत अक्टोबर १८ देखि सामाजिक र आर्थिक असमानताको विरोध गर्दै आएका छन । चिलीमा लोकतन्त्रको तीन दशकमा भएका संकटहरुमा यो सबैभन्दा खराब समय भएको र यस आन्दोलनको क्रममा २३ व्यक्तिले ज्यान गुमाउनुको साथै २ हजार व्यक्ति घाइते भएका छन् ।

चिलीमा जारी यस हिसात्मक प्रदर्शनका क्रममा भएको पछिल्लो घटनाको रुपमा १३ वर्षीय एक केटोको मृत्यु भएको गृह मन्त्रालयका एक अधिकारीहरुले जानकारी दिएका छन् ।

सान्टियागो एक प्रदर्शन केन्द्रमा शुक्रबार हजारौं मानिस फेरि भेला भएर प्रदर्शन शुरु गरेका जनाइएको छ । प्रदर्शनकारी मध्येका एक युवती क्लाउडिया ओर्टोलानीले एएफपीलाई भनिन ‘हामीले आफ्नो अभिव्यक्ति जारी राख्नै पर्छ किनभने हामीले केही हासिल गरेका छैनौं किनभने दमन जारी छ ’ सरकारले शान्ति सम्झौता जस्तै नक्कली सम्झौताहरूमा हस्ताक्षर गरिरहेको छ।’

चिलीमा मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा करिब पाँच हप्ता अघिबाट हिंसात्मक आन्दोलन शुरु भएको थियो । मानिसहरु पुनः सडकमा भेला हुन थालेपछि चिलीका राष्ट्रपति सेबास्टीअन पिनेराको सरकारले जनतालाई शान्त हुनको लागि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ४ : ३३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको