सलमानदेखि कट्रिनासम्म जसले स्कुल गएर पढेनन् ! « Khabarhub

सलमानदेखि कट्रिनासम्म जसले स्कुल गएर पढेनन् !


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय फिल्म उद्योगका बारेमा नेपालीहरुले विशेष चासो राख्ने गरेका छन् । अधिकांश जसो भारतीय फिल्महरु नेपाली सिनेमा हलहरुमा प्रदर्शन हुने गरेका छन् । कतिपय नेपाली दर्शकले त नेपाली नभइ हिन्दी फिल्ममात्र हेर्नेसमेत गरेको पाउन सकिन्छ ।

भारतीय फिल्म उद्योमा चर्चामा रहेका अभिनेता अभिनेत्रीहरुको जीवनशैली, कमाई, अध्ययन, दैनिकीका बारेमा आम रुपमा चासो हुनु स्वभाविक पनि हो ।

भारतीय फिल्ल उद्योगमा अहिले चर्चामा रहेका कलाकारहरुको शैक्षिक योग्यता वा उनीहरुले कति पढेका छन् भन्ने बारे तपाईंलाई जानकारी छैन भने आज हामी त्यसलाई प्रश्तुत गरिरहेका छौं । विभिन्न भारतीय अनलाईनमा आएका कलाकारहरुको शैक्षिक योग्ताबारे यहाँ उल्लेख गरिएको छ ।

आमिर खान– खान साढे २ दशक भन्दा बढी समयदेखि फिल्मी क्षेत्रमा छन् । उनले कुन विद्यालयमा कहिले र कति पढे भन्ने रेकर्ड छैन । एक टेलिभिजन च्यानलसँगको अन्तर्वार्ताका क्रममा उनले विद्यालयसँग आफ्नो कुनै नाता नरहेको बताएका छन् ।

सलमान खान– सिंधिया स्कुल ग्वालियर र सेन्ट स्टीन्सलाँ स्कुल मुम्बइपछि उनले नेश्नल कलेज मुम्बइमा भर्ना भए । तर त्यसपछि उनी कलेज गएका छैनन् । सलमानले माध्यामिक शिक्षासम्म अध्ययन गरेका छन् ।

अक्षय कुमार– अक्षय खालसा कलेज मुम्बइमा ११ कक्षामा भर्ना भए । तर त्यसपछिको उच्चशिक्षाबाट उनी टाँढै छन् । एक अन्तरर्वार्तामा उनले भनेकाछन्, ‘विद्यालय शिक्षालाई प्राथमिकता दिइन र अनुशासन नै ठूलो कुरा हो ।’

कट्रिना कैफ– अभिनेत्री कटरीना क्याफ पनि विद्यालय जान पाइनन् । ७ भाइबहिनीमा उनी एक हुन् जो सानै उमेरमा परिवारसँग अलग हुनु परेको थियो । उनी १४ वर्षकै उमेरमा मोडलिङ क्षेत्रमा लागेकी थिइन् । जसका कारण उनले पढाइलाई निरन्तरता दिन सकिनन् ।

दीपिका पादुकोण– माध्यमीक स्तरको पढाइमा हासिल गरेकी छिन् । सोफिँया स्कुल बैंलोरबाट विद्यालय तहको शिक्षा उनले प्राप्त गरेकी हुन् ।

करिश्मा कपुर– एकपछि अर्को हिट फिल्म गरेकी करिश्माले मात्र ६ कक्षा पढेकी छन् ।

अर्जुन कपुर– अर्जुन पनि १२ कक्षा फेल भएका अभिनेता हुन् । बलिउडमा जमेका उनी उच्चशिक्षामा भन्दा पनि फिल्मी क्षेत्रमा बढी लगाव भएका कलाकारमा पर्दछन् ।

आलिया भट्ट– आलियाले पनि विद्यालय तहको शिक्षा लिएकी छन् । सानै उमेरमा फिल्मी क्षेत्रमा प्रवेश गरेकी उनले विद्यालयपछि कलेजको शिक्षालाई निरन्तरता दिन भ्याइनन् ।

कंगना रनौत– कंगनाले पनि उच्च शिक्षामा पछि परेकी छन् । उनी १२ कक्षामा फेल भएकी थिइन् । फेल भएपछि उनले पढ्ने मानसिकता नै त्यागेकी हुन् ।

काजोल– अभिनेत्री काजोल पनि कम अध्ययन गरेकी अभिनेत्रीभित्र नै परेकी छन् । उनले पनि विद्यालय तहको शिक्षा मात्रै हासिल गरेकी छिन् ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ५ : १२ बजे

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’

पूर्वअनुमतिबिनाको समुद्री आवागमनविरुद्ध इरानको चेतावनी, हर्मुजमा कारबाहीको संकेत

एजेन्सी– इरानले हर्मुज जलघाँटीबाट पूर्वअनुमति बिना हुने कुनै पनि समुद्री

नेपाल मेडिकल काउन्सिलद्वारा घरमै बसेर उजुरी दिन सकिने पोर्टल सञ्चालन

काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले आफ्नो सेवा प्रवाहलाई थप

घूस प्रकरणमा श्रीलङ्काली पूर्वमन्त्रीका छोरा पक्राउ

कोलम्बो- श्रीलङ्कामा पूर्वन्यायमन्त्री विजयदास राजपक्षेका छोरा रकिथा राजपक्षेलाई चर्चित लागूऔषध

अर्जेन्टिनामा ठडियो मेस्सीको ८५ फिट अग्लो प्रतिमा, भारतको पश्चिम बंगलमा हटाइएको मूर्तिभन्दा पनि ठूलो

काठमाडौं- अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाको पाटागोनिया क्षेत्रस्थित