रेसुङ्गा वन क्षेत्रमा थप २० प्रजातिका चरा फेला « Khabarhub

रेसुङ्गा वन क्षेत्रमा थप २० प्रजातिका चरा फेला


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्ली– गुल्मीको रेसुङ्गा वन क्षेत्रमा थप २० प्रजातिका चरा फेला परेका छन् । यस अघि यहाँ २०८ प्रजातिका चरा फेला परेकोमा थिए । नेपालमा ८८६ प्रजातिका चरा रहेका बताइएको छ ।

रेसुङ्गा संरक्षित वनमा पाइने विश्वकै दुर्लभ चराको बारेमा स्थानीय जनप्रतिनिधिलाई जानकारी गराउने उद्देश्यले नेपाल पक्षी संरक्षण सङ्घ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले सदरमुकाम तम्घासमा आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्लामा दुर्लभ प्रजातिका चराको सङ्ख्यामा वृद्धि हुँदै गएको जानकारी दिइयो ।

नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीका सहायक परियोजना अधिकृत भरत पन्थीले रेसुङ्गा वन क्षेत्रमा दुर्भल प्रजातिका चारको सङ्ख्या वृद्धि भएको वताए ।

उनका अनुसार अनुसार विश्वमै दुर्लभ प्रजातिका रुपमा रहेका चरामध्ये रेसुङ्गामा गोमायु महाचिल, सुन गिद्ध, सेतो गिद्ध, डङ्गर गिद्ध, क्षेत्र समिति चरा, कस्मेरी मट्टा र काँडेभ्याकुरलगायतका दुर्लभ प्रजातिका चरा रहेको छन् ।

विश्वमा नेपालमा मात्र पाइने काँडेभ्याकुर रेसुङ्गा वन क्षेत्रमा पाइने भएका कारण यसको संरक्षणका लागि भन्दै अति सङ्कटापूर्ण अवस्थामा रहेका चराको वासस्थानलाई जोगाइ राख्न स्थानीय जनप्रतिनिधिको भूमिका थप महत्वपूर्ण रहने कार्यक्रममा बताइएको थियो ।

नेपाल पक्षी संरक्षण सङ्घ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रमले गुल्मीका दुर्लभ चराको खोजी गरी वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वन जङ्गलको संरक्षण र संवद्र्धनसँगै जीविकोपार्जनका लागि महत्वपूर्ण काम गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।

गुल्मीलाई भविष्यमा चरा पर्यटकको रुपमा विकास गर्न सकिनेमा जनप्रतिनिधिले धारणा राखेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधिले वन संरक्षण, जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा आआफ्नो क्षेत्रबाट सहयोग आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रमका सहभागीले दुर्लभ प्रजातिका चरा संरक्षणको मुख्य चुनौती र समस्याको रुपमा वासस्थानको अभाव, वासस्थान परिवर्तन, वनक्षेत्रमा विद्युतीय तार, खानेपानीको अभाव, वन डढेलो र वन्यजन्त्तु र चराचुरुङ्गीको अवैध शिकारजस्ता कारण मुख्यरुपमा रहेको औल्याएका थिए ।
नेपाल पक्षी संरक्षण सङ्घले गुल्मीमा डिभिजन वन कार्यालयसँग सहकार्य गर्दै दुर्लभ प्रजातिका चरा र जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको छ । विगत पाँच वर्षदेखि गुल्मीको रेसुङ्गा, बलीथुम, पराल्मी र जुभुङमा सम्भावित महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रमा ती सस्थाले संयुक्त सहकार्यमा काम गर्दै आइरहेको छन् ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ७ : ५३ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार