बाँसबारीको शंकास्पद घरमा प्रहरीको छापा, बैंक ह्याक गर्ने अर्को ‘चिनियाँ गिरोह’ पक्राउ « Khabarhub

बाँसबारीको शंकास्पद घरमा प्रहरीको छापा, बैंक ह्याक गर्ने अर्को ‘चिनियाँ गिरोह’ पक्राउ


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौंको महाराजगञ्ज–बाँसबारी क्षेत्रको एउटा घरमा खानतलासी गरी केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

बाँसबारीस्थित होटल साम्बला नजिकको एउटा शंकास्पद घरमा खानतलासी गरी केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले खबरहबलाई जानकारी दियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले बाँसबारीको साम्बला होटेल नजिकै रहेको एउटा शंकास्पद घरमा खानतलासी गरेको हो ।

घरबाट कम्तिमा ४ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरु चिनियाँ नागरिकहरु हुन् ।

उनीहरु काठमाडौंका केही बैंकहरु ह्याकिङ गर्ने अर्को योजनामा संलग्न रहेको देखिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले गत असोज महिनामा मात्रै नेपाली बैंकका एटीएम ह्याक गरी रकम लुटिरहेको अवस्थामा केही चिनियाँहरुलाई पक्राउ गरेको थियो ।

एटीएम ह्याक गरी रकम लुटपाटमा संलग्न चिनियाँहरु अहिले बैंकिङ कसुर तथा संगठीत अपराधअन्तर्गत मुद्दाको पुर्पक्षका लागि जेलमा छन् ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  २ : ०१ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक