एपीए क्लब प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा « Khabarhub

एपीए क्लब प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरीको एपीएफ क्लब सातौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई ५–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा सोमबार भएको सेमिफाइनलमा एपीएफले शुरुआतदेखि नै पुलिस क्ब्लबलाई दबाबमा राखेको थियो । एपीएफकी सावित्रा भण्डारीले ह्याट्रिक गरिन् ।

यस्तै अनिता बस्नेत र रेखा पौडेलले एक/एक गोल गरे । पुलिस क्लबका लागि घिमकुमारी गुरुङ र निशा सुनुवारले एक/एक गोल गरेका थिए ।

एपीएफले त्रिभुवन आर्मी क्लब र भूटानको टोलीबीच सोमबारै हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

एपीएफका लागि सावित्राले खेलको तेस्रो मिनेटमै गोल गरेकी थिइन् । यस्तै पुलिसकी निशाले खेलको ४३औँ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्‍याएकी थिइन् । मध्यान्तरअघिको इन्जुरी समयमा एपीएफकी अनिताले दोस्रो गोल गरिन् । लगत्तै पुलिसकी घिमकुमारीले गोल गरिन् ।

मध्यान्तरपछिको खेल सकिँदासम्म एपीएफ र पुलिस २–२ गोलको बराबरीमा थिए । त्यसपछिको अतिरिक्त समयमा एपीएफका लागि सावित्राले दुई तथा रेखाले एक गोल गरिन् । आर्मी र भूटानको टोलीबीच अहिले केही बेरमा सेनाको मुख्यालयस्थित खेल मैदानमा दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  २ : ४५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो