शिक्षामा लैंगिक विभेद : सरकारीमा छोरी बढी, निजीमा छोरा « Khabarhub

शिक्षामा लैंगिक विभेद : सरकारीमा छोरी बढी, निजीमा छोरा


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–समाजमा अझै पनि छोरा र छोरीबीचको विभेद मेटिन सकेको छैन । पितृसत्तात्मक सोचले जरो गाडेको समाजमा आमाबुबाले छोरीलाई अझै पनि ‘आफ्नो’ मान्न नसकेकै कारण उनीहरुले छोरा र छोरीको शिक्षादीक्षामा समेत विभेद गर्दै आएको सरकारी तथ्यांकले देखाएको नागरिक दैनिकमा खबर छ ।

सरकारी स्कुलबाट एसईईमा सहभागी परीक्षार्थीमध्ये छात्रा ५३ दशमलव ४ प्रतिशत र छात्र ४६ दशमलव ६ प्रतिशत छन् । त्यस्तै निजी विद्यालयबाट सहभागी विद्यार्थीमध्ये छात्राको प्रीतशत ५७ दशमलव ९ र छात्राको प्रतिशत ४२ छ ।

त्यस्तै बजेट छ, योजना र खर्च छैन शीर्षकको समाचारमा चालु आर्थिक वर्षमा प्रदेश सरकारको विकास बजेटको खर्च निराशाजनक देखिएको छ । बजेट खर्च गर्ने कार्यविधि र खर्च गर्ने क्षेत्रको पहिचान गर्न नसक्दा र काम गर्ने कर्मचारी व्यवस्थापन नहुँदा प्रदेश सरकारले बजेट खर्च गर्न नसकेको हो । संघीयताको अभ्यास गर्ने चरणमै विकास बजेट खर्च हुन नसक्दा जनअपेक्षाका काम हुन नसक्ने अवस्था देखिएको छ ।

प्रदेश सरकारले एक महिनाअगाडि एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दा धेरै योजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिएका थिए । तर, खर्च विवरण भने फरक रहेको छ ।

प्रदेश १ मा ११ दशमलव ५ प्रतिशत खर्च भएको छ भने, प्रदेश २ मा १२ प्रतिशत मात्र खर्च भएको छ । त्यस्तै प्रदेश ३ मा १५ प्रतिशत खर्च भएको छ । यो क्रम गण्डकी प्रदेशमा अझै कम छ । गण्डकी प्रदेशमा ९ प्रतिशतमात्र खर्च भएको छ । त्यस्तै प्रदेश ५ मा ११ प्रतिशत खर्च भएको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम २ दशमलव ७८ प्रतिशतमात्र बजेट खर्च भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा ६ दशमलव ६ प्रतिशतमात्र बजेट खर्च भएको छ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ७ : १३ बजे

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ