प्रधानमन्त्री ओलीप्रति कांग्रेस नेताको आक्रोश, सबै अधिकार केन्द्रिकृत गरेको आरोप « Khabarhub

प्रधानमन्त्री ओलीप्रति कांग्रेस नेताको आक्रोश, सबै अधिकार केन्द्रिकृत गरेको आरोप


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कार्यशैली प्रति आक्रोश पोखेका छन् । आज (शनिबार) सिन्धुली पुगेका नेता पौडेलले सिन्धुलीमाढीमा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा सरकार सर्वसत्तावाद भएको आरोप लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रति निक्कै आक्रोशित रुपमा प्रस्तुत भएको नेता पौडेलले प्रधानमन्त्रीले सबै अधिकार केन्द्रिकृत गरेर सर्वसत्तावादी प्रवृत्ती देखाएको छ । नेता पौडेलले कांग्रेसले सरकारको सर्वसत्तावादलाई रोक्ने बताए ।

नेता पौडेलले सरकारको काम पनि सन्तोषजनक नरहेको बताए । एक वर्षको अवधिमा गर्नुपर्ने कुनै पनि काम सरकारले गर्न नसकेको भन्दै उनले देशमा शान्ति सुरक्षाको व्यवस्थापन गर्न र सुशासन कायम गर्दै विकासका क्षेत्रमा कुनै काम नभएको बताए ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिलाई सरकारले लगाएको प्रतिबन्धको पनि नेता पौडेलले खुलेरै विरोध गरे। सर्पको खुट्टा सर्पले नै देख्ने उदाहरण दिदै उनले विप्पल नेतृत्वको माओवादीलाई सरकारले प्रतिवन्ध लगाउनु भन्दा ओली प्रचण्डले मिलाएर लैजानु उचित समाधान हुने बताए ।

कांग्रेस जनमतसंग्रहमा जान तयार भएको हो भन्ने पत्रकारहरुको जिज्ञासामा नेता पौडेलले का्रग्रेस जनमत संग्रहमा नजाने स्पष्ट पारे । कसैले जनमत संग्रहको कुरा गरे त्यो व्यक्तिगत विचार हुने पौडेलको भनाई छ ।

कांग्रेस सिन्धुलीले मरिण गाँउपालिका ६ कपिलाकोटमा आयोजना गरेको आमसभामा सहभागी हुन पौडेल सिन्धुलीमाढी पुगेका हुन् ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  १० : ४१ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन