एनसेल सर्वोच्चमा, निर्धारित कर बढी भएको दाबी « Khabarhub

एनसेल सर्वोच्चमा, निर्धारित कर बढी भएको दाबी


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दूरसञ्चार कम्पनी एनसेल आजिएटा सरकारलाई तिर्नुपर्ने ३९ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर कानुनविपरीत तोकिएको दाबीसहित सर्वोच्च अदालत पुगेको छ । गत बिहीबार ठूला करदाता कार्यालयले एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ तिर्न ताकेता गर्दै पत्र पठाएको थियो । कार्यलयले अधिकार सीमाबाहिर गएर रकम तोकेको आरोप एनसेलले लगाएको नागरिक दैनिकमा खबर छ ।

त्यस्तै पत्रिकाले नेकपा एकता प्रक्रिया, टुंगो लाग्यो जिल्ला नेतृत्व शीर्षकमा छापेको समाचारमा नेपाल कम्युनिस्ट पार्टीको जिल्ला तहको एकताप्रक्रिया टुंग्याउन भागबन्डामा भएको सहमतिपछि पनि अन्तिम समयमा चार जिल्लामा हेरफेर गरिएको छ। पूर्वएमालेको भाष्गमा परेका जिल्लामध्ये चार जिल्ला हेरफेरमा परेका हुन् । सहमतिअनुसार उदयपुर, खोटाङ र महोत्तरीको जिल्ला नेतृत्व पूर्वएमाले र अर्घाखाँची पूर्वमाओवादीको भागमा परेको थियो । तर दुई अध्यक्षले सोमबार बिहान त्यसमा हेरफेर गरेको स्रोतले बतायो ।

अदालतको फैसाला माफियाको पक्षमा शीर्षकको अर्को समाचारमा काठमाडौं जिल्ला आदालतले बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासले चर्चेको २८ रोपनी जग्गाको हकदार सरकार नभएको विवादास्पद फैसला सुनाएको पाइएको छ ।
उक्त जग्गा रोपनीको ८ लाखमा रजिस्ट्रेसन पास गरिएको पनि फेला परेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ६ : ५० बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका