तीन नबज्दै कर्मचारी टाप, १४ वर्षमा बिहे, २४ मा सम्बन्धविच्छेद ! « Khabarhub

तीन नबज्दै कर्मचारी टाप, १४ वर्षमा बिहे, २४ मा सम्बन्धविच्छेद !


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कार्यालय समय बिहान १० देखि अपराह्न पाँच बजेसम्म हो। सेवाग्राहीको भीडभाड हुने कतिपय कार्यालयमा समय थपेर पनि काम हुन्छ। तर तपाईं ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्नुभयो भने अवस्था फरक पाउनुहुन्छ। त्यहाँ तीन नबज्दै कर्मचारी हिँडिसक्छन्।

सेवाग्राहीको बढी भीड हुने ठाउँ यातायात कार्यालय। चालक अनुमतिपत्र लिनेदेखि नवीकरण गर्ने र सवारी जाँचपास गर्ने ठाउँ यहीं छ। दुई बजेसम्म राजस्व बुझाउने समय तोकिएको छ। मेडिकलका लागि दस्तुर बुझाउने ठाउँ पनि दुई बजे बन्द हुने गरेको अन्नपूर्ण पोस्टमा खबर छ।

तीन बजेपछि त कर्मचारी भेट्टाउनै मुस्किल हुन्छ। नवीकरण राजस्व काउन्टर, लाइसेन्स एप्रोभ, अन्तिम फाराम बुझाउने ठाउँलगायत अधिकांश शाखामा कर्मचारी भेटिँदैनन्। ‘यस्तै हो हजुर, काम पनि खासै छैन, खाली कुर्सीमा बसेर के गर्ने ? ’ सबा तीन बजेतिर कार्यालयबाट बाहिरिँदै गरेका एक कर्मचारीले भने, ‘सधैं यस्तै हो यहाँ।’

यातायात कार्यालयका अधिकांश कोठा खाली थिए। कार्यालयमै भेटिएका कर्मचारी आफ्नो कार्यकक्षमा थिएनन्। बरु अर्कैको कार्यकक्षमा गफिएका भेटिन्थे। सेवाग्राहीचाहिँ कर्मचारी खोज्न व्यस्त थिए। रेकर्ड शाखामा दिउँसो दुई बजेतिर दुईजना कर्मचारी भेटिए। तीमध्ये एक कर्मचारी भने कुर्सीमा अभद्र शैलीमा बसिरहेका थिए। प्रशासन शाखाका उनी रेकर्ड शाखामा थिए। सेवाग्राही भने प्रशासन शाखामा उनको पर्खाइमा थिए।

१४ वर्षमा बिहे, २४ मा सम्बन्धविच्छेद ! शीषर्कको समाचारमा नलगाड नगरपालिका–६ सिर्केकी विष्णु सिंह स्थानीय एक विद्यालयमा ९ कक्षामा पढ्दै थिइन्। त्यहीबेला नलगाड–८ का सुनिल सिंहसँग भेट भयो। चिनजान हुँदै जाँदा मायापिरती नै झाँगियो। केही समयको अन्तरालमै दुवैले सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै लगनगाँठो कसे।

यो १० वर्षअघिको कुरा हो, जतिबेला विष्णु १४ वर्षकी किशोरी थिइन्। १४ वर्षकै उमेरमा आमाबुवाकोे मन्जुरीबिनै प्रेमविवाह गरेका उनीहरूको दाम्पत्यजीवन केही वर्ष राम्रैसँग अघि बढ्यो। दुई छोरा पनि भए। तर एक दशकभन्दा बढी टिक्न सकेन उनीहरूको सम्बन्ध र प्रेम। सुनिलसँग सम्बन्धविच्छेद गरेर विष्णु अहिले माइतीमै बस्दै आएकी छन्। दुई छोराको लालनपालनको जिम्मा पनि आफैंले लिएकी छन्।

‘केही वर्ष हाम्रो सम्बन्ध राम्रै चलेको थियो तर बिस्तारै दिनहुँ रक्सीले मातेर आएर कुटपिट गर्न थाल्यो’, उनले भनिन्, ‘सम्झाउन धेरै कोसिस गरें तर अर्कीे केटीसँग लहसिएको र बानी नसुधारेकाले मैले डिभोर्स दिने निर्णय गरेकी हुँ।’ केही थाहा नपाउने उमेरमा बिहे गरेकोमा यतिबेला पछुताएकी छन् उनी। ‘बिहेसँगै पढाइ पनि छुट्यो। न हातमा सिप छ। न जवानी नै अब के गरुँ ? ’, उनले पीडा पोखिन्, ‘सानैमा बिहे गरेर ठूलो गल्ती गरेंछु।’

त्यस्तै पत्रिकाले हावाहुरी पीडितको अझै विचल्ली रहेको, नेकपाको भागबन्डामै जिम्मेवारी तोकिएको लगायतका समाचारलाई प्राथमिकताका साथ छापेको छ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ७ : ४९ बजे

पाकिस्तानद्वारा अमेरिका-इरान तनावमा मध्यस्थता प्रयास जारी

इस्लामाबाद–  पाकिस्तान र इरान र संयुक्त राज्य अमेरिका बीच बढ्दो

राष्ट्रियसभामा परराष्ट्रमन्त्रीले भने- सीमा विवादको कूटनीतिक समाधान गर्छौँ

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती– काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४

निश्कलको प्रश्न- करका दरमा हेरफेर गर्ने गल्ती किन, कसको स्वार्थमा भएको हो ?

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी