शेयर बजारमा सामान्य सुधार « Khabarhub

शेयर बजारमा सामान्य सुधार


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–धितोपत्र बजारमा मंगलबार शेयरको मूल्यमा सामान्य सुधार आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.७४ विन्दुले बढेर एक हजार २६० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.९ विन्दुले बढेर २७२.२७ विन्दुमा पुगेको छ ।

स्टकका अनुसार कूल १७६ कम्पनीको १८ लाख एक हजार ५२२ कित्ता शेयर रु ६१ करोड ४१ लाख ४७ हजार ४११ मूल्यमा कारोवार भएका छन् । कारोवार भएका कूल एघार उपसमूहमध्ये आज पाँच उपसमूहको मात्रै शेयर बढेको छ भने छ उपसमूहको शेयर भने ओरालो लागेको छ ।

बैंकिङ ६.६६, विकास बैंक ०.५७, वित्त १.४५, निर्जीवन बीमा १६.४१, उत्पादन ४६.०८ विन्दुले बढेको छ । यस्तै व्यापार २.७९, होटल १७.३७, जलविद्युत् ४.११, अन्य २.१३, लघुवित्त ४.९५ र जीवन बीमा २२.२२ विन्दुले घटेको छ ।

स्टकका अनुसार मंगलबार छिमेक लघुवित्त विकास बैंकको सबैभन्दा बढी मूल्यमा शेयर कारोवार भएको छ । प्रतिकित्ता र एक हजार २१ मा रु चार करोड ९६ लाख ६६ हजार ५४५ बराबरको कारोवार भयो ।

नेपाल बैंक लिमिटेडको रु चार करोड २१ लाख ९६ हजार २६३, एनएमबी बैंकको रु दुई करोड ९० लाख ६० हजार २६६, एनआइसिएशिया बैंकको रु दुई करोड ७९ लाख १३ हजार २८०, छिमेक लघुवित्त विकास बैंकको संस्थापक शेयर रु दुई करोड ५३ लाख ८० हजार, नबिल बैंकको संस्थापक शेयर रु एक करोड ९८ लाख ७३ हजार १७२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले आज ९.८९ प्रतिशतले कमाए । यस्तै श्री इन्भेस्टमेन्ट फाइनान्स ७.१४, राधी विद्युत् कम्पनी ६.५८, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ४.९१, यूनिलिभर नेपाल लिमिटेडका शेयरधनीले ४.०४ प्रतिशतले कमाएका छन् ।

त्यस्तै घलेम्दी हाइड्रो पावर कम्पनीका शेयरधनीले ४.७९ प्रतिशतले गुमाउँदा अरुण कावेली पावर कम्पनी ४.६७, भागर्व विकास बैंक ४.०९, सिनर्जी पावर डेभलपमेन्ट ३.८८, एनआइबिएल प्रगति फण्डका शेयरधनीले ३.७३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ५ : ०४ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका