भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर | Khabarhub Khabarhub

भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत मनसाय राखी एउटा व्यक्तिको जग्गा अर्कैको नाममा पास गराएको अभियोगमा मालपोत कार्यालय धरानका तत्कालीन मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार मालपोत कार्यालय धरानका तत्कालीन मालपोत अधिकृत फणिन्द्र भट्टराई, तत्कालीन नायब सुब्बा डिल्लीराम कोइराला, तत्कालीन सर्वेक्षक योगेन्द्रप्रसाद यादव, तत्कालीन खरिदार श्यामप्रसाद लो र धरान– १४ का कर्णबहादुर राईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । फिल्डबुकमा खगेन्द्र कुमारीको जग्गा भनी उल्लेख भएको जिल्ला सुनसरी, धरान नगरपालिका– ११ ग को कित्ता नं ३५ र ३६ का जग्गा खगेन्द्रकुमारी गिरीको मृत्युपश्चात् गलत मनसायले खगेन्द्रकुमारी राई बनाई नामसारी गरी बिक्री गरेको पाइएको आयोगले जनाएको छ । सो कार्यमा मालपोतका तत्कालीन अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

यस्तै डिभिजन वन कार्यालय बाराका कार्यालय प्रमुख गौरीशङ्कर प्रसाद केसरी समेतले सेवाग्राहीसँग रु ९० हजार घुस मागेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । वन अधिकृत शिवशङ्कर ठाकुर लोहारको निर्देशनमा रु ९० हजार घुस लिएको पाइएको छ । यस्तै दैलेख नारायण नगरपालिकाको एक सिँचाइ आयोजनामा अनियमितता गरेको अभियोगमा जिल्ला प्राविधिक कार्यालय, दैलेखका सवइञ्जिनीयर टेकबहादुर हितान, बैंक सियाला सिँचाइ योजनाका अध्यक्ष मिनबहादुर रावललगायतका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ८ : २८ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी