भारतमा आज मतगणना, कसले मार्ला बाजी ? « Khabarhub

भारतमा आज मतगणना, कसले मार्ला बाजी ?


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  भारतमा १७ औं लोकसभाका लागि सात चरणमा ५४२ सिटका लागि भएको चुनावको मतगणना आजबाट शुरु हुने भएको छ ।

गणना बिहीवार विहान ८ बजबाट शुरु हुने बीबीसीले जनाएको छ ।

यो चुनावमा पहलो पटक वीवीप्याट को प्रयोग गरिएको छ ।जसका कारण नतिजा आउन केही समय लाग्ने छ ।

मतगणना शुरुआत हुनु भन्दा पहिला केहि बिपक्षी दलले ईवीएमलाई लिएर चिन्ता ब्यक्त गरेका थिए ।

उनीहरुले शत प्रतिशत वीवीप्याट (वोटर वेरिफियेबल पेपरऑडिट ट्रायल) पर्चिलाई मिलाउन माग गरेका थिए । तर विपक्षी दलको माग सर्वोच्च अदालतले खाेरेज गरेको थियो ।

लोकसभाको ५४३ मध्ये ५४२ सिटमा भएको  चुनावमा ८ हजार भन्दा धेरै उम्मेदवार चुनावी मैदानमा छन् । ७ चरणमा भएको चुनावमा ९० करोड मतदाता मध्ये करिब ६७.११ प्रतिशत मानिसले मतदानमा भाग लिएका थिए ।

मतगणना अघि सार्वजनिक भएका सर्भेक्षणहरुले सत्तारुढ भाजपाले जित्ने देखाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ६ : १९ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : तयारी तीव्र, कार्यालय स्थापना

काभ्रेपलाञ्चोक– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तयारी तीव्र पारिएको छ

 जनकपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

ट्राफिक जनचेतना फैलाउन ठमेलमा सांस्कृतिक कार्यक्रम हुने

काठमाडौं– ट्राफिक प्रहरीले ट्राफिक जनचेतना फैलाउनका लागि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य

दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

खोटाङ– आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङको

लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

काठमाडौं– नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति