आफ्नै बुवाको हत्या गरेर प्रहरी चौकी पुगे एक युवक « Khabarhub

आफ्नै बुवाको हत्या गरेर प्रहरी चौकी पुगे एक युवक


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– रुकुम पुर्वको भूमे गाउँपालिकामा एक व्यक्ति आफ्नै बुवाको हत्या गरेर प्रहरी चौकीमा उपस्थित भएका छन् ।

भूमे गाउँपालिका–७ का २० वर्षी विराज विक ४७ वर्षीया बाबु रमन विकको हत्या गरेर स्थानीय प्रहरी चौकीमा उपस्थित भएका हुन् ।

बुवाको हत्या गरेर विराज बिहीबार विहान ६ बजे भूमे गाउँपालिका–६ महतमा रहेको प्रहरी चौकी पुगेका थिए ।

उनले विहान ५ बजे खुकुरी प्रहार गरी बाबुको हत्या गरेको प्रहरीमा बयान दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले घरायसी विवादका कारण विराजले बुवाको हत्या गरेको हुनसक्ने जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘मैले बाबुको घाँटी रेटेर हत्या गरे’ भन्दै प्रहरी चौकी पुगेका विराजलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  १२ : ०३ बजे

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा