दुई ठाउँबाट चुनाव लडेका राहुल गान्धी केरलाबाट विजयी « Khabarhub

दुई ठाउँबाट चुनाव लडेका राहुल गान्धी केरलाबाट विजयी


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको विपक्षी दल काँग्रेस पार्टीका प्रमुख राहुल गान्धीले दक्षिणी राज्य केरलाको वायनाड निर्वाचन क्षेत्रमा फराकिलो मत अन्तरले विजयी भएसँगै संसद्मा उनको प्रतिनिधित्व निश्चित भएको छ ।

वायनाडमा उनले ४ लाख २८ हजारभन्दा धेरै मत अन्तरले निकटतम प्रतिद्वन्द्वी भारतीय कम्युनिष्ट पार्टी भाकपाका पीपी सुनिरलाई पराजित गरेका हुन् । गान्धीले ७ लाख ४ हजार ३८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी सुनिरले भने २ लाख ७३ हजार ५ सय ५० मत ल्याए ।

यद्यपि राहुल गान्धी उत्तर प्रदेशको अमेठीमा भने भारतीय जनता पार्टी भाजपाकी उम्मेद्वार स्मृति इरानीसँग पराजित हुने करिब–करिब निश्चितजस्तै बनेको छ ।

अमेठीमा गान्धीले २ लाख ७६ हजार ७ सय १३ मत प्राप्त गरेका छन् भने स्मृति इरानीले ३ लाख १५ हजार ०५८ मतका साथ गान्धीलाई उछिनेकी छन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ७ : ०८ बजे

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको