वैदेशिक ऋणमा निराशाजनक खर्च : ४६ अर्बको वैदेशिक ऋण, १९ प्रतिशत मात्रै खर्च « Khabarhub

वैदेशिक ऋणमा निराशाजनक खर्च : ४६ अर्बको वैदेशिक ऋण, १९ प्रतिशत मात्रै खर्च


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा वार्षिक तुलनाका आधारमा ४३ प्रतिशत खर्च गरेर सडक पूर्वाधारको विकासमा करिब ४८ प्रतिशत भौतिक प्रगति गरेको राजधानी दैनिकमा खबर छ । यो प्रगति दोस्रो चौमासिक आधारमा भने ७६ प्रतिशत हो भने वित्तीय प्रगति ८० प्रतिशत खर्च भएको छ ।

चालू आर्थिक वर्षमा वैदेशिक ऋणबाट सञ्चालित आयोजनामा खर्च निराशाजनक रहेको छ । दोस्रो चौमासिकमा १९ प्रतिशत मात्र खर्च भएको हो ।आर्थिक वर्ष २०७५/७६ को दोस्रो चौमासिकसम्मको खर्च विवरणअनुसार सडक विभागअन्तर्गतका विकास आयोजनामा ३४ अर्ब ८२ करोड ३० लाख ४३ हजार खर्च भएको छ । यो कुल बजेटको ४३.४१ प्रतिशत खर्च हो । यस अवधिमा ४७.९२ प्रतिशत भौतिक प्रगति भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको २० वैशाखमा दोस्रो चौमासिक तथा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बसेको थियो । २० वैशाखसम्मको तथ्यांकअनुसार सडक विभागअन्तर्गतका विकास आयोजनातर्फ दोस्रो चौमासिकमा ८०.०६ प्रतिशत वित्तीय प्रगति भएको छ भने ७६.०५ प्रतिशत भौतिक प्रगति भएको छ । वार्षिक तुलनामा यो ४३.४१ प्रतिशत वित्तीय प्रगति भएको र भौतिक प्रगति ४७.९२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ का लागि नेपाल सरकारबाट २९ अर्ब ८३ करोड ३४ लाख ९ हजार अर्थात् ३७ प्रतिशत विनियोजन भएको थियो । दोस्रो चौमासिकसम्म २४ अर्ब ७९ करोड ११ लाख ६८ हजार अर्थात् ८३ प्रतिशत खर्च भएको छ ।

यस्तै, वैदेशिक ऋणबाट चालू आर्थिक वर्षका लागि ४६ अर्ब ५८ करोड ७४ लाख अर्थात् ५८ प्रतिशत विनियोजन भएको छ । त्यसमा ८ अर्ब ९५ करोड ९५ लाख २४ हजार अर्थात् १९ प्रतिशत मात्र खर्च भएको छ । वैदेशिक अनुदानतर्फ ५ प्रतिशत अर्थात् ३ अर्ब ७९ करोड ३० लाख विनियोजन भएकोमा २८ प्रतिशत अर्थात् १ अर्ब ७२ करोड ३५ लाख १ हजार खर्च भएको छ ।

नेपाल सरकार, वैदेशिक ऋण र वैदेशिक अनुदानमध्ये सबैभन्दा कम खर्च १९ प्रतिशत वैदेशिक ऋणअन्तर्गत भएको हो भने सबै बढी नेपाल सरकारअन्तर्गतको ८३ प्रतिशत भएको हो ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ६ : ३५ बजे

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते